२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

गाउँपालिकाको सेवा सुविधा छिटो, छरितो बनाउने प्रतिबद्धता

ADV
लालबाबु बानिया
२०८१ असोज २ गते २२:००
गाउँपालिकाको सेवा सुविधा छिटो, छरितो बनाउने प्रतिबद्धता

पर्सा : पर्साको पकहामैनपुर गाउँपालिकामा सरुवा भइ आएका नयाँ  प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहलाई बुधबार गाँउपालिका अध्यक्ष सुरेश मेहताले स्वागत गरेका छन् । 

बुधबार  गाँउपालिका कार्यालयमै आयोजित कार्यक्रममा गाँउपालिका अध्यक्ष मेहताले प्रमुख प्रशासकीय साहलाई स्वागत गरेका हुन् 

त्यसअवसरमा गाउँपालिका अध्यक्ष मेहताले जनता र जनप्रतिनिधिको हितलाई सर्वोपरी ठानेर काम गर्न प्रमुख प्रशासकीय अधिकृत साहलाई निर्देशन दिए । 

गाउँपालिकाको विकास निर्माणलाई तीव्रता दिनुका साथै सेवाप्रवाहलाई अझ सहज र पारदर्शी बनाउने कुरामा आफु लागि परेको भन्दै मेहताले यसमा कर्मचारीहरुकोपनि साथ अतिआवश्यक रहेकोपनि बताए । 

स्वागत ग्रहण गरेपछि बुधबारबाट पदभार सम्हाल्दै प्रमुख प्रसाशकीय  अधिकृत  साहले नियम–कानूनले तोकेका काममा आफ्नोतर्फबाट कहिल्यैपनि समस्या हुन नदिने प्रतिबद्धता जनाए ।  

पहिलो प्राथमिकतामा जनताहरुको काम काज छिटो र छरितो हुने विश्वास गराउनु भएको छ । जनताहरुको कामकाज र विकास निर्माण लगायतको काममा जनप्रतिनिधि र कर्मचारीहरुको सहकार्य र सहयोगको जरुरी रहेकोले आउने दिनमा जनप्रतिनिधि र कर्मचारीहरुसँग समन्वय गरी चल्ने बताए ।

कार्यक्रममा पकहा मैनपुर गाँउपालिकाका उपाध्यक्ष सर्फुन नेशा,  वडा नं १ वडाध्यक्ष बिनोद मेहता,वडा नं २ वडाध्यक्ष मुटुक चौहान, वडा नं ३ का वडाध्यक्ष संजय चौहान,वडा नं ४ का वडाध्यक्ष ढेरी यादव, वडा नं ५ का वडाध्यक्ष बलिराम प्रसाद चौरसिया, नेपाली कांग्रेसका नेता नसरुलाह मियाँ लगायत कार्यपालिका सदस्य, गाउँपालिका सदस्य र गाउँपालिकाका कर्मचारी लगायत स्थानीय नेताहरुले फूलमाला तथा गम्छा अबिर लगाई स्वागत गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise