२०८३ असोज ७ गते बुधवार / Sep 23 , 2026 , Wednesday
२०८३ असोज ७ गते बुधवार

प्रमोद खरेलको स्वरमा ‘एक कदम’

Nada
२०८१ असोज २ गते २२:०२
Shares
प्रमोद खरेलको स्वरमा ‘एक कदम’

काठमाडौं : राज्यद्वारा प्रदान गरिने सार्वजनिक सुरक्षाका सन्दर्भमा प्रहरी सधैं अग्रपंक्तिमा रहन्छ । सार्वजनिक विश्वास र सहयोग, कानून कार्यान्वयन, अपराध नियन्त्रण र रोकथाम तथा सार्वजनिक सुव्यवस्था कायम गरी आम नागरिक र सम्पत्तिको रक्षा गर्ने प्रमुख कार्य प्रहरी संगठनको हो भन्ने कुरालाई नकार्न सकिन्न । यतिमात्र नभएर खेलकुद, गीतसंगीत लगायगको क्षेत्रमा नेपाल प्रहरीको अहंभूमिका रहेको कुरालाई समेटिएको ‘एक कदम’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ ।

ncell

विष्णु भण्डारीको शब्द रचना, प्रमोद खरेलको स्वर, भिम बिसिको संगीत, श्यामस्वत रसैलीको संगीत संयोजन रहेको ‘एक कदम’ बोलको गीतमा गायक खरेललाई भिम बिसि, मनोज खनाल, दिनेश बिष्टले स्वरमा साथ दिएका छन् । 

सन्देशमूलक भिडियोमा दिनेश बिष्ट, भिम खड्का, दिपा पनेरु, प्रियंका शिवाकोटी, हीर शाही ‘संगीता’, ओम प्रसाद शिवाकोटी, विशाल नेपाल, निर्मल बिष्ट, रोहित घिमिरे, सुक्मन जंग अश्रपती, रोशन बोगटी, दिनेश जोशी, बिरेन्द्र कलेल, अर्जुन बम आदिको अभिनय रहेको ‘एक कदम’ भिडियोलाई प्रकाश खड्काले खिचेका हुन् भने बिक्रम चौहानले निर्देशन गरेका हुन् । यसमा पोष्टर डिजाईन लक्ष्मण चौहान, श्रृंगार यमुना पाण्डे र एलिजा सिजवाल, भिएफएक्स मीन रावल, कलर मिलन बिश्वकर्माको रहेको छ ।


सम्बन्धित खबर