२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज ३ गते १५:३१
रेशनल ओभरसिजमार्फत कतार आएर बिचल्लीमा परेका श्रमिकलाई एनआरएनए एनसीसी कतारले उपलब्ध गरायो खाद्यान्न

दोहा, कतार : काठमाडौंको कोटेश्वरमा कार्यालय रहेको रेशनल ओभरसिज प्रा.लि.ले पैसा आफूले बुझेर जलजला रिक्रुटमेन्ट प्रा.लि.मार्फत श्रम सम्झौता गराइ कतार पठाएर अलपत्र परेका पीडितहरूका लागि एनआरएनए एनसीसी कतारले खाद्यान्न उपलब्ध गराएको छ । कतारको मन्सुराको एक बिल्डिङमा बसिरहेका पाँच जना पीडित श्रमिकका लागि एनसीसी कतारका प्रथम उपाध्यक्ष तथा श्रमिक विभागका संयोजक कृष्ण पन्थीले केही दिनका लागि पुग्ने खाद्यान्न उपलब्ध गराएका हुन् ।

पन्थीले बुधबार साँझ पीडितहरूलाई नै पसल लगेर आवश्यक सामग्री किन्न लगाएपछि पीडितहरूले खाद्यान्न पाएका हुन् । मध्यान्हकर्मी पीडितहरू भेट्न पुग्दा पन्थीसँगै पीडितहरू हर्षित मुद्रामा देखिए । पीडितमध्येका सिरहा बन्दीपुरका नीरज बस्नेत र झापाका विशाल कार्कीले 'हाम्रो रुममा पत्रकार आइसकेपछि हामीलाई केही राम्रो हुन्छ भनेर कुरा गरेका थियौं, हामीलाई राम्रो हुँदै गयो' भन्दै खुसी साटे । 'हामीलाई दाल भात भए हुन्छ भनेका थियौं, तर पन्थी सरले चाहिने सामग्री किन्नु भनेपछि हामीले तरकारी पनि किनेका छौं' भन्दै एनसीसी कतार, पन्थी र मध्यान्हकर्मीलाई समेत पीडितहरूले धन्यवाद दिए ।

गत आइतबार दूतावास पुगेर रेशनल ओभरसिज प्रा.लि.का सञ्चालक लोकेन्द्रबहादुर कार्कीविरुद्ध बस्नेतसहित झापाका कार्की, मेलुङ गाउँपालिका दोलखाका तारा बहादुर थापा, उदयपुरका सुनिल ठाकुर र गयानन्द चौधरीले लिखित उजुरी दिएको समाचार मध्यान्हले सार्वजनिक गरिसकेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise