२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

हुम्लामा अस्पताल भर्ना भएका बिरामीहरुलाई सरसफाइ सामग्री वितरण

ADV
ओबराज शाही
२०८१ असोज ३ गते २०:४०
हुम्लामा अस्पताल भर्ना भएका बिरामीहरुलाई सरसफाइ सामग्री वितरण

हुम्ला : संविधान दिवसको अवसरमा जुम्लामा अस्पताल भर्ना भएका बिरामीहरुलाई सरसफाइ सामग्री वितरण गरिएको छ । स्वास्थ्य सेवा कार्यालय हुम्लामा भर्ना भएका ११ जना बिरामीलाई सरसफाइका सामग्री वितरण गरिएको हो । 

बिरामीलाई हातमुख पुस्ने रुमाल, नुवाउने र लुगा धुने साबुन,  हर्लिक्स, ब्रस, टुथपेस्ट र निर्लकटर वितरण गरिएको छ  । जिल्लामा अनावश्यक कार्यक्रम गर्नु भन्दा अस्पतालमा भर्ना भएका बिरामीलाई सरसफाइका सामग्री वितरण गर्दा सरसफाइमा ध्यान दिने हुँदा यो कार्यक्रमको थालनी गरिएको सिमकोट गाउँपालिका अध्यक्ष बिजय भण्डारीले जानकारी दिए ।

जिल्ला प्रशासन  कार्यालयमा बसेको बैठकको निर्णय अनुसार नै बिरामीलाई उक्त सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी बिनोद कुमार पौख्रेलले बताए ।

सरसफाइका सामग्रीको आर्थिक सहयोग जिल्लामा रहेको सामाजिक विकास कार्यालय र सिमकोट गाउँपालिकाले गरेका छन् । सानो  भएपनि बिरामीलाई राहत हुने  विश्वासले सरसफाइका सामग्री वितरण गरेको सिमकोट गाउँपालिका उपाध्यक्ष सुशिला रोकायाले बताइन् ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख प्रेम बहादुर सिंहले जानकारी दिए अनुसार नै सबै बिरामीलाई सामग्री वितरण गरिएको सामाजिक विकास कार्यालयका प्रमुख हर्क बहादुर बस्नेतले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise