२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

साउदी अरबमा ७ हजार इटालियन कम्पनीले लगानी गर्ने

ADV
२०८१ असोज ४ गते ०६:३५
साउदी अरबमा ७ हजार इटालियन कम्पनीले लगानी गर्ने

काठमाडौं : साउदी अरेबियामा ७ हजार इटालियन कम्पनीले लगानी गर्ने भएका छन् । साउदी भिजन २०३० अन्तर्गत उक्त लगानी आउन लागेको हो । ७ हजार कम्पनीहरूको प्रतिनिधित्व गर्ने एक इटालियन व्यापार संघले साउदी अरबमा इटालियन लगानी विस्तार गर्ने र साउदी भिजन २०३० को रूपरेखा अन्तर्गत अवसरहरू खोज्न साउदी लगानीकर्ताहरूसँग सहकार्य गर्ने योजना घोषणा गरेको छ । त्यसमा साउदी अरेबियाका प्रमुख आर्थिक क्षेत्रहरूमा काम गर्ने प्रमुख इटालियन फर्महरू समावेश छन् ।

फेडेरेसन अफ साउदी चेम्बर्सको मुख्यालयमा बुधबार आयोजित साउदी–इटालियन बिजनेस फोरममा उक्त घोषणा गरिएको हो । मेसिनरी, रसायन र अटोमोटिभ उत्पादनहरू, पूर्वाधार विकास र डिजिटल प्रविधिहरूमा लगानी हुने र त्यसबाट ठूलो आकारमा रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

साउदी अरेबियाको निर्माण क्षेत्रमा इटालियन विशेषज्ञहरूले धेरै अगाडिदेखि काम गरिरहेका छन् । साउदीमा लगानीका लागि आएको इटालीको लोम्बार्डी समूह ठूलो व्यापारिक घरना मानिन्छ । उसले औद्योगिक क्षेत्र, इटालियन स्टक एक्सचेन्ज, अटोमोबाइल, अन्तरिक्ष, जीवन विज्ञान, बायोटेक्नोलोजी, कृत्रिम बुद्धिमत्ता र उन्नत प्रविधिसहित विभिन्न क्षेत्रहरूमा विश्वव्यापी लगानी गरिरहेको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise