२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

दुल्ली सडक दुई सातादेखि अवरुद्ध

ADV
ओबराज शाही
२०८१ असोज ४ गते २०:५५
दुल्ली सडक दुई सातादेखि अवरुद्ध

हुम्ला : करिब दुई सातादेखि कर्णाली करिडोर हुम्ला खण्डको  दुल्ली कुना सडक अवरुद्ध हुँदै आएको छ । सडक अवरुद्ध हुँदा दुई सातादेखि सुर्खेत तथा नेपालगञ्जबाट हुम्लाको सदरमुकाम सिमकोटको लागि आएका मालबाहक ट्रक, टिपर, ट्याक्टरबीच बाटोमै अलपत्र अवस्थामा बस्नु परिरहेको खार्पुनाथ यातायातका कर्मचारी गोर भण्डारीले बताए । 

भण्डारीका अनुसार करिब १५ दिनदेखि हुम्लाको मध्ये क्षेत्रमा पर्ने सर्केगाड गाउँपालिका वडा ४ दुल्ली कुनाको करिब ५० मिटर सडक माथिबाट आएको पहिरोले अवरुद्ध गर्दा अहिलेसम्म निर्माणमा कसैको चासो नदेखिएको हुँदा यातायातका साधनलाई सास्ती भएको छ ।  

करिब ३० वटा हाराहारीमा रहेका मालबाहक ट्रक सदरमुकाम सिमकोटसँगै जोडिएको खार्पुनाथ गाउँपालिकाको खार्पु खण्डसम्म जाने भएपनि सडकको अवस्थाले सर्केगाडमै बस्नुपर्ने बाध्यता रहेको भण्डारीको भनाइ छ ।

सडक अवरुद्ध हुँदा चार पाङ्ग्रे सवारी साधन आवत–जावत गर्न नसक्ने र दुई पाङ्ग्रे सवारीले  ज्यानको बाजि लगाएर करिव तीन जनाले मोटरसाइकल तानेर सदरमुकाम सिमकोट पुग्ने गरेको सर्केगाड गाउँपालिका स्थानीय भिम रावलले बताए । 

स्थानीय रावलले उक्त स्थान मात्र नभएर यसभन्दामाथि सिमकोटतर्फको बीच–बीचमा सडक भत्किएको भएपनि उक्त स्थान जस्तो असजिलो नभएको बताए । 

भत्किएको सडकमा माटो र ढुंगाले अवरुद्ध बनाएको छ । सडक अवरुद्ध भएको दुई साता हुँदा पनि नत स्थानीय सरकारले वास्ता गरेको छ, तन सडक विभागले वास्ता गरेको छ । राष्ट्रिय सडक केही रुपमा जोडिएको हुम्ला खण्डको सडक वर्षको करिब ४ महिना मात्र  सुचारु हुन्छ, तर अबरुद्ध हुँदा ४ महिना पनि नपुग्ने ट्रक चालकले बताए । 

ADVADV

सम्बन्धित खबर

Advertise