२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

धोबीनी गाउँपालिकाको १०औं गाउँ सभा सम्पन्न

ADV
लालबाबु बानिया
२०८१ असोज ४ गते २०:५७
धोबीनी गाउँपालिकाको १०औं गाउँ सभा सम्पन्न

पर्सा : पर्साको धोबीनी गाउँपालिकाको १० औं गाउँसभा सम्पन्न भएको छ । असार १० गतेभित्रै हुनुपर्ने गाउँसभा तीन महिना ढिलो आएको हो । 

शुक्रबार  आयोजित गाउँसभामा चालू आर्थिक वर्ष २०८१/८२ को नीति, कार्यक्रम तथा  गाउँ सभाबाट  ३९ करोड १ लाख ५५ हजार बराबरको बजेट पारित गरी  प्रस्तुतीकरण गरिएको थियो । 

गाउँसभामा धोबीनी गाउँपालिकाकी उपाध्यक्ष मञ्जुदेवी पटेलको आदेशा अनुसार प्रमुख प्रशासकीय अधिकृत अशोक प्रसाद रौनियारले  ३९ करोड १ लाख ५५ हजार  बराबरको अनुमानित बजेट प्रस्तुतीकरण गरेका थिए ।

धोबिनी गाउँपालिकाको गाउँसभा धोबीनी गाउँपालिकाको सभा हलमा भएको गाउँसभाको उद्घाटन  गाउँपालिका अध्यक्ष मदन प्रसाद चौहानले गरेका थिए । 

गाउँ सभामा बोल्दै गाउँपालिका अध्यक्ष चौहानले भने, ‘राजनीतिक समस्याको कारण गाउँ सभा ढिलाइ भएको हो । यस कारण विकासको काम र जनताहरुको कामकाज समस्या भइरहेकोले गाउँसभा गरिएको हो ।’ उनले अब विकास लगायत जनताहरुको कामकाज छिटो छरितो हुने प्रतिबद्धता जनाए । 

गाउँ सभामा शिक्षा, स्वास्थ्य, कृषि,पर्यटन,महिला बालबालिका र भौतिक पूर्वाधार विकास लगायतलाई प्राथमिकतामा रहेको उनले बताए । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखा प्रमुख सञ्जय यादवले गरेका थिए ।

ADVADV

सम्बन्धित खबर

Advertise