२०८१ असोज ५ गते शनिवार / Sep 21 , 2024 , Saturday
२०८१ असोज ५ गते शनिवार

बद्री पंगेनीको सहकार्यमा कस्तुपले ल्याए ‘मगमग बासना’

ADV
मध्यान्ह
२०८१ असोज ५ गते १९:०३
बद्री पंगेनीको सहकार्यमा कस्तुपले ल्याए ‘मगमग बासना’

काठमाडौं : गायक बद्री पंगेनी र गायिका रचना रिमालको स्वर रहेको नयाँ लोकदोहोरी गीत ‘मगमग बासना’ सार्वजनिक गरिएको छ ।

लोकप्रिय सर्जक, संगीतकार तथा गायक कस्तुप पन्तको शब्द तथा संगीत रहेको रोमान्टिक शैलीको गीतमान शब्द निकै मिठासपूर्ण छन् । गायक बद्री र रचनाको स्वरमा गीत कर्णप्रिय बानेको छ । गीतमा माया प्रेमबाटै अन्तयात्रा हुनसक्ने चर्चा गरिएको छ । 

लोक तथा आधुनिक गीतसंगीतमा एउटा अलग्गै उचाई बनाउन सफल सर्जक पन्तको यो गीतले पछिल्लो समय लोकगीतसंगीतमा देखिएको मौलिक खडेरी टारेको छ । गीतको एरेन्ज एचबिएन किस्मतले गरेका हुन् । 

गीतको भिडियो पनि उत्कृष्ट बनेको छ । भिडियोमा अभिनेता पल शाह र टिकटक क्वीन जुना विश्वकर्माको अभिनय छ ।

प्रशान्त मगरको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा दिनेश पराजुलीको छायांकन र दीपक बिष्टको सम्पादन छ । गीत सर्जक कस्तुपकै अफिसियल युट्युब च्यानल कस्तुप पन्त युट्युबबाट सार्वजनिक गरिएको छ ।

गीत सबै बर्गमा मानिसको रुचिमा ध्यानमा राखेर निर्माण गरिएको सर्जक पन्तले बताए । उनले गीतसंगीत श्रोता तथा दर्शकले रुचाउने विस्वास गरेका छन् । सार्वजनिक भए देखिनै गीतले युट्युबमा सकारात्मक प्रतिक्रिया पाइरहेको छ । 

कस्तुप पन्तको शब्द संगीतमा रहेको गीत ‘मगमग बासना’ मेरो आफ्नो शैलीको निरन्तरता भएको गायक बद्री पंगेनीले बताए । ‘दर्शकले यो सुनेर प्रतिक्रिया दिनुहुनेछ भन्ने विश्वास छ’, पंगेनीले भने, ‘यो गीत प्रति पनि श्रोतादर्शकको आशिर्वाद मिल्छ भन्ने विश्वास छ ।’

ADVADV

सम्बन्धित खबर

Advertise