२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

मिसेस नेपाल वर्ल्डका २९ फाइनलिस्ट घोषणा

Nada
२०८१ असोज ६ गते १९:२६
Shares
मिसेस नेपाल वर्ल्डका २९ फाइनलिस्ट घोषणा

काठमाडौं : विवाहित महिलाहरुको सौन्दर्य प्रतियोगिता मिसेस नेपाल वर्ल्ड २०२४ मा देशका विभिन्न भागका २९ महिलाबीच अन्तिम प्रतिस्पर्धा हुने भएको छ । राजधानीमा हालै आयोजित अडिसनबाट मिसेस नेपाल वर्ल्ड २०२४ को अन्तिम स्पर्धाका लागि २९ जना महिला छानिएका हुन् ।

ncell

यस वर्षको प्रतियोगितामा गृहिणीदेखि डक्टर, इन्जिनियर, बैंकर, मेनेजर, व्यवसायी, स्वास्थ्यसेवी, फेशन डिजाइनर, नर्स र २/२ पटक क्यान्सर जितेको महिलासम्म अन्तिम स्पर्धाका लागि छानिएका छन् । प्रतियोगितका लागि विभिन्न क्षेत्रमा संलग्न प्रगति श्रेष्ठ, ज्योति शर्मा, शुशीला केसी दाहाल, अनु कार्की, कोपिला गौतम, अनिता मण्डल लामा दोङ्ग, उषा किरण अधिकारी, सृजना व्यञ्जनकार, अम्बिका गौतम, सुयेशा राउत, साहारा तिमल्सिना आचार्य, बिनिता ढकाल, एलिना घिमिरे, नानु सिंह, प्रगति अमात्य, सिर्जना श्रेष्ठ , संगीता गौतम, दीपतारा लुईटेल, किरण कार्की, बेली मोक्तान, डेनिला कार्की, सिम्रन कार्की सक्सेना, सारा तामाङ, माया लामा, निर्मला कार्की , रेश्मा घिमिरे, नेहा कर्ण, सृष्टि अर्याल र दीपा विश्वकर्मा छानिएका छन् ।

अन्तिम स्पर्धाका लागि छानिएका महिलाहरुलाई राजधानीमा स्यासिङ समारोहको आयोजना गरी ट्याग नम्बर प्रदान गर्दै स्यास पहिराइएको छ । समारोहमा स्पर्धामा सामेल महिलाहरुले आफ्नो परिचय दिएका थिए । मिस नेपाल वर्ल्ड २०२४ को आयोजक संस्था रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाले नयाँ संस्करणको प्रतिस्पर्धाको ग्राण्ड फिनाले आगामी कात्तिक १० गते नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिने जानकारी गराए ।

यस वर्ष पनि मिसेस नेपाल वर्ल्ड विजेताले अमेरिकामा हुने अन्तर्राष्ट्रिय प्रतिस्पर्धा मिसेस वर्ल्डमा सहभागिता जनाउने अवसर प्राप्त गर्ने उनले जानकारी गराए । अश्विनी झाको कोरियोग्राफीमा हुने मिसेस नेपाल वर्ल्ड २०२४ को सोही मञ्चमा मिसेस नेपाल इन्टरनेशनल र एमएस इन्टरनेशनलको विजेतासमेत चयन गरिने भएको छ । यी उपाधि विजेतालाई सिंगापुरमा हुने प्रतियोगितामा सहभागिताका लागि अवसर मिलाइएको आयोजकले जानकारी गराएका छन् ।

ताजा खबर

सम्बन्धित खबर