२०८१ असोज ७ गते सोमवार / Sep 23 , 2024 , Monday
२०८१ असोज ७ गते सोमवार

हुम्लामा कृषि क्षेत्रमा प्रगति हुन नसकेको गुनासो

ADV
ओबराज शाही
२०८१ असोज ६ गते २१:२८
हुम्लामा कृषि क्षेत्रमा प्रगति हुन नसकेको गुनासो

हुम्ला : प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन  इकाइले २०८०/०८१ को चौथो त्रैमासिक तथा वार्षिक  प्रगति समीक्षा गोष्ठीसँगै सरोकार निकायासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइ हुम्लाले आर्थिक वर्ष २०८०/८१ मा भए/गरेका कार्यक्रमको वार्षिक प्रगति सरोकारवाला निकाय सामु पेस गर्नको लागि गोष्ठी सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकरण परियोजना कार्यान्वयन इकाइका निमित्त कार्यालय प्रमुख लक्ष्मी प्रसाद अधिकारीले बताए । निमित्त प्रमुख अधिकारीका अनुसार २०८१/०८२ मा कार्यालयबाट ९ वटा कार्यक्रम रहेको र सम्पूर्ण सरोकार निकायासँग छलफल गरेर अगाडि बढ्दा सोंचेजस्तो प्रतिफल आउने भएकाले यो अन्तरक्रिया कार्यक्रम गरिएको हो । 

जिल्ला भरिनै कार्यालयले जोन/सुपरजोन क्षेत्रमा यान्त्रिकरण सहयोग,साना औंजार उपकरण तथा मेसिनरी वितरण, सिँचाइ पूर्वाधार निर्मात तथा मर्मत सम्भार,ओखरको क्षेत्र विस्तार,उन्नत प्रविधिसहित क्षेत्र विस्तार, पुराना तथा जीर्ण बगैंचा सुदृढीकरण, नर्सरी श्रोत केन्द्र स्थापना,उत्पादित स्याउ/ओखर नेपालगञ्ज/सुर्खेत सम्म हवाइ ढुवानी, भेडा/बाख्रा  आधुनिक खोर निर्माणका लागि अनुदान जस्ता कार्यक्रम ल्याएको छ । कार्यालयले ल्याएको कार्यक्रमले अहिलेसम्म राम्रो प्रतिफल नलिँएको हुँदा कार्यक्रम गर्न गाह्रो हुने कार्यालयको दाबी छ ।  

अब कागजको भर भन्दा पनि कृषि क्षेत्रमा खटिएका व्यक्ति र काम तीव्र गतिले काम गर्ने, अनुदानको रकम सदुपयोगमा ध्यान दिएर कार्यक्रम दिने कार्यालयले जनाएको छ । 

अन्तरक्रिया कार्यक्रममा संघीय सांसद छिरिङ दुम्दोल लामाले जिल्लामा स्याउ ढुवानीमा किसानलाई अनुदान दिएको भएपनि त्यो अनुदान लिन नआएकोमा दुःख व्यक्त गरे । 

त्यस्तै कृषि क्षेत्रमा किसानले मिहिनेत नगरेको हुँदा कार्यक्रमबाट प्रतिफल नआएको उनले बताए ।  कार्यालय र किसानको दुई पाटोमा समन्वय नभएको हुँदा कृषि क्षेत्रमा जिल्लाले प्रगति गर्न नसकेको जिल्ला समन्वय प्रमुख शिवराज शर्माले  बताए । स्याउजोन कार्यालयले कृषि क्षेत्रमा परिवर्तनको पाटो अगाडि बढाएको छ, अझैं त्यसलाई निरन्तर दिनुपर्ने सिमकोट गाउँपालिका अध्यक्ष विजय भण्डारीले जोड दिए । 

कार्यक्रममा संघीय संसद लामा, जिल्ला समन्वय प्रमुख शर्मा, उपप्रमुख दलु भडेरा, नाम्खा गाउँपालिका अध्यक्ष प्रेम लामा, सिमकोट गाउँपालिका अध्यक्ष भण्डारी, जिल्लाका किसान, नाम्खा र सिमकोट गाउँपालिकाका वडाध्यक्ष र सञ्चारकर्मीहरुको सहभागी रहेको थियो ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise