काठमाडौं : नादेज्दा कप फुटबल अन्तर्गत दोस्रो खेलमा नेपाली महिला फुटबल टोली उज्वेकिस्तानसँग पराजित भएको छ । सोमबार भएको दोस्रो खेलमा नेपाल उज्वेकिस्तानसँग २–० गोल अन्तरले पराजित भएको हो ।
कीर्गिस्तानमा भएको निकै प्रतिस्पर्धात्मक खेलको सुरुवातमा नेपाली टिमले केहि दबाव दिएको थियो । जसमा नेपालले दुई वटा सुन्दर गोलको अवसरलाई गुमायो । २४ औं मिनेटमा सावित्रा भण्डारीले पाएको मौका खेर फालिन भने ३१ औ मिनेटमा पनि उनको प्रहारलाई गोलकिपर ले बचाइन् ।
तर उज्वेकिस्तानले खेलको ३४ औँ मिनेटमा सुरुवाती अग्रता बनायो । त्यसपश्चात उज्वेकिस्तानले खेलको ५० औँ मिनेटमा दोस्रो गोल गर्न सफल भयो र नेपालमाथि २-०को अग्रता कायम गर्न सफल भयो । यता नेपालले गोल गर्ने प्रयास गरे पनि गोल भने हुन सकेन ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies