२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

पूर्णिमा लामालाई सर्वोत्कृष्ट गायिकाको अवार्ड

Nada
२०८१ असोज ८ गते १४:२९
Shares
पूर्णिमा लामालाई सर्वोत्कृष्ट गायिकाको अवार्ड

काठमाडौं : 'विश्व संस्कृति तामाङ तथा नेपाली म्युजिक अवार्ड २०२४' को सर्वोत्कृष्ट गायिका तर्फको अवार्डबाट पूर्णिमा लामा सम्मानित भएकी छन् ।

ncell

'जीवनको यो आफ्नै नाटक' बोलको गीतबाट उनले आधुनिक तथा पप गायिका विधाबाट सर्वोत्कृष्ट गायिकाको अवार्ड पाएकी हुन् । 

नेपाली गीत संगीत क्षेत्रमा लामाले पुर्‍याएको योगदानको उच्च मुल्यांकन गर्दै आयोजक कमिटीद्वारा लामालाई अवार्डको प्रमाणपत्र प्रदान गरिएको थियो । 

डेढ दशकदेखि गायनमा निरन्तर सक्रिय गायिका लामाका ‘हिजोसम्म मलाई माया’, ‘डाँडापारि मेरो माया’, ‘आमा’, ‘भाग्यले नि छल्छ’, ‘मुटु जली खरानी भो’ सहित उनको स्वरमा करिब ७०० भन्दा बढी गीत सार्वजनिक भएका छन् ।

उनका ‘आगो’, ‘बन्दुक र गोली’ लगायतका गीतले मिलियन बढी भ्यूज पाएका छन् । संगीत नै नजिकको साथी बताउने गायिका लामा भन्छिन् गीत संगीतको ज्ञान सदाबहार चाहिन्छ । बिनाअध्ययन र ज्ञान संगीत अधुरो छ ।

ताजा खबर

सम्बन्धित खबर