२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

दान्भी’को ट्रेलरमा पूजाको भरपूर एक्सन

ADV
मध्यान्ह
२०८१ जेठ १७ गते १०:१२
दान्भी’को ट्रेलरमा पूजाको भरपूर एक्सन

काठमाडौं : फिल्म ‘दान्भी’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक २ मिनेट ४० सेकेण्ड लम्बाइको ट्रेलरमा अभिनेत्री पूजा शर्माको भरपूर एक्सन देख्न सकिन्छ । ट्रेलरबाट फिल्म बदलाको कथामा केन्द्रित रहेको बुझ्न सकिन्छ ।

रोमान्टिक फिल्ममा देखिँदै आएकी शर्माको यो पहिलो एक्सन फिल्म हो । डेब्यू अभिनेता कुन्साङ बोमजोमलाई पनि ट्रेलरमा देख्न सकिन्छ । डेब्यू अभिनेता कुन्साङ बम्जनसँग पूजाको प्रेम बसेको हुन्छ । कुन्साङको हत्या भएपछि पूजा बदला लिन प्रतिशोधमा उत्रिएको ट्रेलरमा देख्न सकिन्छ । ट्रेलरमा पुजालाई ‘लेडी टाइगर’का रुपमा चित्रण गरिएको छ ।

नेपाल र भारतका विभिन्न स्थानमा खिचिएको फिल्ममा विशाल पहाडी, राजाराम पौडेललगायतको अभिनय छ । रुपेश तामाङको निर्देशनमा बनेको ‘दान्भी’को निर्मातामा देव मगर र अनुप गडाल छन् भने कार्यकारी निर्माता पवन राना मगर हुन् । कमला मल्ल, पन्चबहादुर तामाङ, श्रवण कुमार श्रेष्ठ र जीवन तामाङ सह–निर्मातामा छन् । यसमा हरि बहादुर घलेको छायांकन, रविना थापा मगरको कथा, संजोग कुवँर रानाको पटकथा र संवाद, अर्जुन पोखरेल, नरेश जोशी र केदारराज नेपालको संगीत छ ।

ट्रेलर रिलिज कार्यक्रममा पूजाले एक्सनमा आफूले जोखिम लिएको बताइन् । टिजर र एक्सन सिक्वेन्सको तस्बिर सार्वजनिक भएपछि सञ्चारमाध्यममा आफूलाई ट्रोल बनाइएको भन्दै पूजाले गुनासो पोखिन् । आफ्नो एक्स्नलाई देखावटी भनेर समाचार पनि आएको उल्लेख गर्दै पूजाले आफ्नो एक्सन देखावटी नभएको बताइन् । उनले फिल्मका लागि आफूले कितसम्म एक्सन दृश्य दिएको भन्ने कुरा फिल्म हेरेपछि थाहा हुने दाबी गरिन् ।

यस्तै कार्यक्रममा अभिनेता बम्जनले फिल्म ‘दान्भी’ हेर्दा दर्शकले एक्सनको छुट्टै आनन्द लिन पाउने बताए । यस्तै अर्का अभिनेता किरण श्रेष्ठले फिल्म ‘दान्भी’ एक्सन जनरा मनपर्ने दर्शकका लागि एकदमै उपयुक्त भएको बताए ।

https://www.youtube.com/watch?v=kDC_BCamIN4

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise