२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

९ वर्षदेखि बेपत्ता म्याग्दीका घर्ती मोना मलेसियाको सहयोगमा नेपाल फर्किए

ADV
तिलु शर्मा पौडेल
२०८१ असोज ८ गते २२:०२
९ वर्षदेखि बेपत्ता म्याग्दीका घर्ती मोना मलेसियाको सहयोगमा नेपाल फर्किए

दोहा कतार : वैदेशिक रोजगारीका क्रममा मलेसियामा हराएका म्याग्दीको धवलागिरि गाउँपालिका–४ का लिल प्रसाद घर्ती मंगलबार साँझ स्वदेश फर्किएका छन् । 

११ वर्ष अगाडि मलेसिया पुगेर ९ वर्षदेखि परिवारसँग सम्पर्क विहीन घर्तीको मोना मलेसियाले खोज तथा उद्धारपछि एक नेपालीको रोहवरमा घर फर्किएका हुन् । 

घर्तीको दुवै आँखा कमजोर भएका छन् । उनको खोजीका लागि श्रीमती लक्षिमा घर्तीले मोना मलेसियामा अपिल गरेपछि मोना खोज तथा उद्धारमा जुटेको थियो । 

लामो समयको प्रयासपछि घर्तीलाई मोनाका प्रतिनिधिले सेलाङ्घर भन्ने स्थानमा रहेको एक केमिकल कम्पनीमा फेला पारेपछि घर फिर्तीका सबै प्रक्रिया पुराएर नेपाल फर्काउन सफल भएको मोना मलेसियाका अध्यक्ष पूर्णबहादुर रोकाले बताए । 

कम्पनीमा तलब सुविधा न्यून रहेछ, दुःख र सास्ती उस्तै रहेको आफूहरूले देखेको बताउँदै उनले यो अभियान मोना मलेसियाको लागि ठूलो सफलता भएको बताए । 

रोकाले खोज तथा उद्धार अभियानलाई सफल बनाउन सहयोग गर्ने जिल्ला प्रशासन कार्यालय म्याग्दीमा रहेको आप्रवासी सहायता केन्द्र, मलेसियास्थित नेपाली राजदूतावाससहित नेपाली संघसंस्थाहरुलाई हार्दिक आभार व्यक्त गरे । 

घर्तीलाई स्वदेश फर्कने क्रममा बिदाइ गर्न एयरपोर्ट पुगेका मोना मलेसियाका महासचिव केश रोका मगरले काठमाडौंमा उनको आँखाको उपचार र घर फिर्तीका लागि मोना मार्फत केही सहयोग पनि जुटाएको बताए । ‘तलबले खान बस्ने समेत मुस्किल थियो, सबैको सहयोगले घर फर्किन पाए, अब आँखाको उपचार गरी घरमै बस्छु, यसैमा म खुसी छु’ महासचिव रोका मगरले मध्यान्ह राष्ट्रिय दैनिकसँगको कुराकानीमा घर्तीको भनाई उद्धृत गरे । उनस् घर फर्किन लागेका खबरले घर्तीको परिवारमा खुसीयाली छाएको छ भने उनलाई लिन छोरीसहित परिवारका अन्य सदस्य काठमाडौं आइपुगेका छन् । 

यता मोना अन्तर्राष्ट्रियका अध्यक्ष ददीवल खड्काले मोना मलेसियाको सक्रियताका लागि धन्यवाद दिँदै मलेसियामा रहेका म्याग्देलीलाई मोनामा आबद्ध हुन समेत अनुरोध गरेका छन् । ‘मोना दुःखसुखको साथी हो, प्रवासमा रहँदा मोनाको सम्पर्कमा रहनुहुन अनुरोध छ, हामीले जस्तोसुकै समस्या परेको बेलामा पनि सहयोग गछौं’ अध्यक्ष खड्काले भने । उनले प्रवासमा परिवारको सम्पर्क बाहिर रहेकाहरूका बारेमा जानकारी गराउन समेत अपिल गरेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise