२०८१ असोज ९ गते बुधवार / Sep 25 , 2024 , Wednesday
२०८१ असोज ९ गते बुधवार

चाडपर्व नजिकिँदै गर्दा वैदेशिक रोजगारमा जाने क्रममा देखियो सुस्तता

ADV
२०८१ असोज ९ गते ०६:३०
चाडपर्व नजिकिँदै गर्दा वैदेशिक रोजगारमा जाने क्रममा देखियो सुस्तता

काठमाडौं : चाडपर्व नजिकिएसँगै वैदेशिक रोजगारमा जाने क्रममा सुस्तता देखिन थालेको छ । साउन महिनाको तुलनामा भदौमा वैदेशिक रोजगारीमा गएको संख्याले वैदेशिक रोजगारीमा जानेको क्रम घट्दो दरमा देखिएको हो ।

साउनमा संस्थागत अर्थात म्यानपावर कम्पनीमार्फत जानेको संख्यामा कमी नआएपनि समग्रमा भने कमी आएको छ । भदौमा ५७ हजार ४ सय ९३ जना वैदेशिक रोजगारीमा गएका छन् । साउनमा उक्त संख्या ५९ हजार ५ सय ७५ रहेकोे थियो । भदौमा समग्रमा ५७ हजार ४ सय ९२ जना वैदेशिक रोजगारीमा गएकोमा म्यानपावर कम्पनीमार्फत २९ हजार ५ सय २८ जनाको श्रम स्वीकृति भएको वैदेशिक रोजगार विभागले जनाएको  छ । भदौमा  ९ हजार बढीले व्यक्तिगत नयाँ श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागको भदौ महिनाको प्रगति प्रतिवेदनअनुसार भदौमा सबैभन्दा धेरै यूएई गएका छन् । भदौमा १८ हजार ६ सय ५ जान यूएई गएकोमा म्यानपावर कम्पनीमार्फत १२ हजार ९ सय ६७ जनाले श्रम स्वीकृति लिएका छन् । दोस्रोे स्थानमा रहेकोे साउदी अरेबियामा ७ हजार २ सय ३५ जना, तेस्रोमा रहेकोे कतारमा ३ हजार ७ सय ९० जना र सूचीको चौथो नम्बरमा रहेकोे कुवेतमा २ हजार ८ सय ७६ जनाको श्रम स्वीकृति भएको छ । मलेसियामा नयाँ एप्रुभल नखुल्दा नेपाली जाने क्रम रोकिएको छ । भदौमा मलेसिया १४ जना नयाँ कामदार गएका छन् । कतारमा होटल क्षेत्रको अकुपेन्सी बढेपनि विश्वकप फुटबलको आयोजनापछि नयाँ रोजगारी सिर्जना हुन नसकेको बताइएको छ ।

बहराइनका लागि ६ सय ४३ जनाको श्रम स्वीकृति भएको छ । युरोपेली मुलुक साइप्रसका लागि म्यानपावरमार्फत ५ सय ४५ जना गएका छन् । रोमानियाका लागि म्यानपावरमार्फत २ सय ३८ जना, ओमानका लागि २ सय २४ जना, जापानका लागि म्यानपावरमार्फत ३ सय ३१ जनाका लागि श्रम स्वीकृति भएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise