२०८२ वैशाख ७ गते आइतवार / Apr 20 , 2025 , Sunday
२०८२ वैशाख ७ गते आइतवार
Ads

नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षमा अर्याल

draupadi film
२०८१ असोज ९ गते ०६:४०
नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षमा अर्याल

काठमाडौं : नेपाल मेडिकल व्यवसायी संघको अध्यक्षमा नेपोलियन हेल्थ केयर सेन्टर प्रा. लि. का संचालक तारानाथ अर्याल सर्वसम्मतरुपमा निर्वाचित भएका छन् । मंगलबार भएको कार्यसमिति निर्वाचनमा अध्यक्षसहित पदाधिकारी र कार्यसमिति सदस्यहरु सर्वसम्मतिले निर्वाचित भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा चन्द्रकला दाहाल, उपाध्यक्षमा दिवाकर गौतम, महासचिवमा कृष्ण प्रसाद बजगाईं, सचिवमा पंकज कुमर झा र कोषाध्यक्षमा रुनुका खड्का (सदिक्षा) निर्वाचित भएका छन् । कार्यसमितिको सदस्यहरूमा क्रमशः भरत सापकोटा, रमेश आचार्य, विष्णु माया श्रेष्ठ, बबिन्द्र घिमिरे, विश्वराम सपकोटा, निराजन कँडेल, निरज श्रेष्ठ, सुरेशकुमार राय र आनन्द यादव निर्वाचित भएका छन् ।

संघको नवनिर्वाचित कार्यसमितिको मंगलबार नै पद तथा गोपनीयताको शपथ र पदबहाली भएको छ । पदबहाली कार्यक्रममा नवनिर्वाचित अध्यक्ष अर्यालले सरकारी निकायहरूसँग समन्वय गरी नीतिगत समस्याको समाधान, स्वास्थ्य परीक्षणलाई पूर्णरूपमा प्रमाणित र त्रुटिरहित बनाउने आफू नेतृत्वको नवनिर्वाचित कार्यसमितिको प्राथमिकता रहेकोे भन्दै वैदेशिक रोजगारमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने संस्थाहरूलाई एउटै छातामुनि गोलबन्द गर्ने कामलाई अभियानको रूपमा अघि बढाउने बताएको महासचिव बजगाईंले जानकारी दिए । 

त्यसैगरी मेडिकलका नाममा हुने सिण्डिकेटको अन्त्य गरी स्वास्थ्य परीक्षणलाई प्रविधिमैत्री र कामदारको हितमा केन्द्रित गर्ने भन्दै अध्यक्ष अर्यालले संघीय संरचनाअनुसार सबै प्रदेशका श्रमिकको पहुँचमा स्वास्थ्य परीक्षण सेवा पुर्‍याउने पनि बताए । 

संघको यसअघि नै साधारण सभाको उद्घाटन सत्र सम्पन्न भएको भएपनि नेतृत्वका लागि आकांक्षीहरूको गुटबन्दी बढेका कारण निर्वाचन स्थगित भएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise