२०८१ असोज १० गते बिहिवार / Sep 26 , 2024 , Thursday
२०८१ असोज १० गते बिहिवार

आधारभूत विद्यालयका प्रअले बुझाए हिसाब किताब

ADV
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज ९ गते २२:००
आधारभूत विद्यालयका प्रअले बुझाए हिसाब किताब

रौटहट : रौटहटको  फतुवा विजयपुर नगरपालिका वडा नम्बर ३ मा रहेको श्री आधारभूत विद्यालय मेवामा अभिभावक भेला सम्पन्न भएको छ । वडाध्यक्ष रामेश्वर प्रसाद यादवको अध्यक्षतामा बसेको बैठकले आर्थिक कारोबार सम्बन्धी सामाजिक लेखा परीक्षण गर्न/गराउन सम्बन्धमा छलफल गरेको हो । 

छलफलको क्रममा दुई वटा प्रस्तावहरू आर्थिक वर्ष २०८०/०८१ को विद्यालयको आर्थिक कारोबारको सामाजिक लेखा परीक्षण र अन्य विषयमा छलफल भएको थियो । प्रस्तावमाथि छलफल गर्दा विद्यालयको आर्थिक कारोबार शिर्षक अनुसार निकासा भइ आएको र सोको खर्च समेत शिर्षक अनुसार चुस्तदुरूस्त रहेको निर्णय सर्वसम्मतिबाट निर्णय गरिएको विद्यालयका प्रधानाध्यापक रामजन्म महतो कहारले जानकारी दिए ।  

अभिभावकहरूले विद्यालयको हिसाब किताब दिन माग गरेपछि विद्यालयका प्रधानाध्यापक कहारले  हिसाब किताब बुझाएका थिए । 

अभिभावक भेलामा पूर्व वडाध्यक्ष दिपनारायण साह,वडा सदस्य रमेश्वर प्रसाद साह,कामेश्वर पण्डित,अभिभावक सदस्य नरेन्द्र कुमार पण्डित,पूर्व वि.व्य.स.अध्यक्ष हेमचन्द्र प्रसाद यादव,विद्यालय व्यवस्थापन समितिका अभिभावक सदस्य रामएकवाल राय यादव, सुरक्षाकर्मी, पत्रकार र स्थानीयहरूको उपस्थिति रहेको थियोे ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise