२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

अभिमुखीकरण तालिममा असोज १३ देखि आइरिस प्रणाली लागू

ADV
२०८१ असोज १० गते ०६:३५
अभिमुखीकरण तालिममा असोज १३ देखि आइरिस प्रणाली लागू

काठमाडौं : वैदेशिक रोजगार विभागले अर्को हप्तादेखि वैदेशिक रोजगार अभिमुखीकरण तालिममा आइरिस प्रणाली लागू गर्ने भएको छ । विभागले असोज ८ गते निर्णय गरिसकेको भन्दै आगामी असोज १३ गतेदेखि फेसटाइम एटेण्डेन्ट, आँखाको रेटिना रेकर्ड गर्ने आइरिस रेकग्निसन सिष्टम र देशगत कलष्टर लागू गरिने जनाएको छ ।

उक्त निर्णय लागू गराउने बारेमा मन्त्रीस्तरमा गत साउन २९ गते नै निर्णय भएपनि व्यवसायीले तयारी नपुगेको भन्दै समय माग गरेका थिए । विभागले सबै अभिमुखीकरण तालिम प्रदायक संस्थालाई पत्र लेख्दै सबै तयारी पूरा भएको बताएको छ ।

केही अभिमुखीकरण संस्थाले वैदेशिक रोजगारमा जाने व्यक्तिलाई कक्षामा उपस्थिति नै नगराउने गुनासो बढेपछि मन्त्रालयले आइरिस रेटिनाको व्यवस्था गरेको हो । आइरिसको ढाँचा र रेटिनाको रक्त नली, प्रत्येक व्यक्तिमा भिन्न र अनौठो हुन्छन् । त्यसले वैदेशिक रोजगारमा जाने वास्तविक उम्मेदवारलाई तालिममा उपस्थित हुन बाध्य बनाउने छ ।

रेटिनामा भएको रक्त नलीको छुट्टै अनौठो ढाँचा हुने र त्यसले व्यक्तिको वास्तविक पहिचान दिने बताइएको छ । फिंगरप्रिन्ट र आइरिस स्क्यानर, बायोमेट्रिक प्रविधि द्रुत गतिमा अगाडि बढेका विश्वसनीय प्रविधि मानिन्छन् । विगतमा लागू भएका प्रणालीमा केही व्यवसायी र कर्मचारी मिलेर प्वाल पारेर छोटो समयमा बेकामे बनाउने गरेको अवस्था आँखाको रेटिना रेकर्ड गर्ने आइरिस रेकग्निसन सिष्टमले कति काम गर्ला ? केहीले शुरूवातमै प्रश्न उठाउन थालेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise