२०८१ असोज ११ गते शुक्रवार / Sep 27 , 2024 , Friday
२०८१ असोज ११ गते शुक्रवार

पकाहा मैनपुर गाउँपालिकाकाे १२औं गाउँ सभा सम्पन्न

ADV
लालबाबु बानिया
२०८१ असोज १० गते १७:३८
पकाहा मैनपुर गाउँपालिकाकाे १२औं गाउँ सभा सम्पन्न

पर्सा : पर्साकाे पकाहा मैनपुर गाउँपालिकाकाे १२औं गाउँ सभा सम्पन्न भएकाे छ । गाउँपालिकाको सभा हलमा भएको गाउँ सभामा गाउँपालिका उपाध्यक्ष सर्फुनेशा खातुनको आदेशाअनुसार प्रमुख प्रसाशकीय अधिकृत देवनाथ साहले आर्थिक वर्ष २०८१/८२ का लागि ३९ कराेड ३९ लाख बराबरको अनुमानित बजेट प्रस्तुत गरेका थिए ।

गाउँ सभामा गाउँपालिका अध्यक्ष सुरेश मेहताले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन र भाैतिक पूर्वाधारका क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएकाे बताए ।

गाउँपालिका अध्यक्ष मेहताकाे अध्यक्षतामा भएको गाउँ सभामा तत्कालीन गाविसका अध्यक्ष नसुरलाह मियाँ, नेपाली कांग्रेसका नेता लक्ष्मण प्रसाद कुर्मीलगायतले शुभकामना मन्तव्य राखेका थिए । गाउँ सभामा कार्यपालिका सदस्य, महिला सदस्य, पुरुष सदस्य, गाउँपालिका कर्मचारी, स्वास्थ्यकर्मी, शिक्षक, पत्रकार, सुरक्षाकर्मीलगायतको सहभागिता रहेकाे थियाे ।

ADVADV

सम्बन्धित खबर

Advertise