सन्धिखर्क : जिल्ला समन्वय समिति अर्घाखाँचीको आयोजनामा सदरमुकाम सन्धिखर्कमा वार्षिक समीक्षा गोष्ठी सम्पन्न भएको छ । गोष्ठीमा अर्घाखाँची जिल्लामा रहेका संघीय तथा प्रदेशका विषयगत कार्यालयहरु, स्थानीय तह र गैरसरकारी संघसंस्थाहरुले गएको आर्थिक वर्ष २०७९/०८० र चालु आव २०८०/०८१ मा कार्यालयहरुबाट भए/गरेका कार्यक्रम तथा प्रगतिको बारेमा प्रस्तुतीकरण गरेका थिए ।
कार्यक्रममा जिल्लाभित्रका १६ वटा कार्यालयहरुको साथै ६ वटा स्थानीय तह र केही गैरसरकारी संघसंस्थाले आ–आफ्नो प्रस्तुती राखेका थिए भने सहभागीले राखेका गुनासा सम्बोधन गरिएको जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले जानकारी दिए ।