२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

इजरायली आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु

Nada
२०८१ असोज ११ गते १५:४०
Shares
इजरायली आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु

काठमाडौंः लेबनानसँगको सीमा नजिक शुक्रबार इजरायलले गरेको हवाई आक्रमणमा पाँच सिरियाली सैनिकको मृत्यु भएको सरकारी समाचार संस्था सानाले सैन्य स्रोतलाई उद्धृत गर्दै जनाएको छ ।

ncell

‘सिरिया–लेबनानी सीमामा पर्ने कफर याबस नजिकै हाम्रो एउटा सैन्य चौकीमा इजरायल (शत्रु) ले हवाई आक्रमण गरेको छ’, सानाले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘आक्रमणबाट पाँच सिरियाली सैनिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।’ 

इजरायली सेनाले सिरियाबाट लेबनानको हिजबुल्लाहमा हतियार स्थानान्तरण गर्न हिजबुल्लाह समूहले प्रयोग गर्दै आएको सिरिया–लेबनान सीमामा आफ्ना लडाकू विमानले आक्रमण गरेको बताएको एक दिनपछि पाँच सिरियाली सैनिकको मृत्यु भएको हो ।

सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सको युद्ध अनुगमनकारी संस्थाका अनुसार इजरायली लडाकू विमानले सिरियाको कुशायर क्षेत्रलाई लेबनानसँग जोड्ने सीमालाई निशाना बनाएको थियो । इजरायलले यसै साता लेबनानको हिजबुल्लाहमाथि आक्रमण तीव्र पारेपछि सिरियामा भएको यो पहिलो आक्रमण भएको बेलायतस्थित युद्ध अनुगमनकारी संस्थाले जनाएको छ ।

सम्बन्धित खबर