२०८१ असोज १२ गते शनिवार / Sep 28 , 2024 , Saturday
२०८१ असोज १२ गते शनिवार

लिमिमा देखिन थाल्यो वनचौंरी

ADV
ओबराज शाही
२०८१ असोज ११ गते २२:१५
लिमिमा देखिन थाल्यो वनचौंरी

हुम्ला : पर्यटनको सम्भावना बोकेको जिल्लाको एक मात्र लिमिमा वनचौंरी देखिन थालेको छ । 

लामो समयदेखि नदेखिएका वनचौंरी अहिले घरपालुवा चौंरीका बथानसँगै पाटनमा देखिन थालेको चौंरी गोठमा भएका गोठलाले बताएका छन् । लिमि हुम्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिका वडा ६ मा पर्दछ । उक्त स्थानका पाटनमा करिब १२ वर्ष पहिला वनचौंरीको बनाथ देखिने भएपनि त्यो अहिले घटेको स्थानीय बुडापाखाले बताएका छन् ।  

नाम्खा गाउँपालिकाको मात्र पर्यटकीय क्षेत्र नभएर हुम्लाकै पर्यटन मार्ग मानिन्छ । लिमिको लाप्चाबाट मानसरोवर र कैलाश पर्वतको पनि दर्शन गर्न सकिने भएकाले विदेशी तथा स्वदेशी पर्यटनको आगमन पनि बढ्दो क्रम देखिएको छ । पर्यटकले पनि वनचौंरीको तस्बिर लिनलाई चौंरी गोठमा पुग्ने गरेको वडाध्यक्ष पाल्जोर तामाङले बताए । 

मानसरोवर दर्शन गर्न गएका सिमकोट वडा नं. ७ का स्थानीय हस्त बहादुर शाहीले पर्यटन तिर्थ दर्शन भन्दा पनि वनचौंरी हेर्न जाने बढी रहेका बताए । स्थानीय शाहीका अनुसार नाम्खाको लिमिमा मात्र नभएर सिमकोट वडा नं. १ दोजामको चुवाखोलामा अहिले वनचौंरी देख्न मुस्किल भएको छ । 

वनचौंरीको स्थानीयबासीले देख्ने बित्तिकै शिकार गर्ने हुँदा पनि संख्या घट्दै गएको हुन सक्ने उनले बताए । 

लिमि चार दिन लगाएर पाटनमा खोज्दा एक ठूलो भाले वनचौंरी घर पालुवा चौंरीको बथान नाम्खा ६ कै तुम्लिङ चौंरी गोठमा भेटिएको छ । 

वनचौंरी तुम्लिङ भन्दा तल नआउने अब पाटननै जाने स्थानीयको भनाइ ।  वनचौंरी  घरपालुवा चौंरीसँग  कहिले काही आउने गर्दछ  । एक मात्र नभएर उक्त स्थानमा ४ वटा जति वनचौंरी भएको कहिले काहीँ घरपालुवा चौंरीलाई नुन दिएको ठाउँमा नुन खान आउने गरेको छ । 

गाउँपालिका भित्रका विभिन्न पाटनमा अन्य  गाउँपालिकाका  स्थानीय आएर शिकार गर्ने हुँदा त्यसमा गाउँपालिका स्थानीय सरकारले निगरानी राख्नु पर्ने गाउँलेको माग छ । वनचौंरी घरपालुवा भन्दा  ठुलो ,कपाल लामो भएको सिङ पनि लामो ,मानिस देख्दा बित्तिकै हान्न आउने भाग्ने जस्ता भिन्नै गतिविधि देखाउने हुन्छ । वनचौंरी एक पर्यटनको माध्याम भएको हुँदा यसलाई प्रवद्र्धन गर्न जरुरी देखिन्छ । वनचौंरीले फराकिलो पाटन बढी मन पराउँछन् ।

ADVADV

सम्बन्धित खबर

Advertise