२०८२ कार्तिक २२ गते शनिवार / Nov 08 , 2025 , Saturday
२०८२ कार्तिक २२ गते शनिवार
Ads

अर्घाखाँचीका आगलागी पीडितलाई कांग्रेस नेतृ भुसालको सहयोग

shivam cement
सूर्यप्रसाद भुसाल
२०८१ जेठ ३२ गते १२:३९
Shares
अर्घाखाँचीका आगलागी पीडितलाई कांग्रेस नेतृ भुसालको सहयोग

अर्घाखाँची : नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम् पूर्वउपसभामुख पुष्पा भुसालले अर्घाखाँचीका आगलागी पीडितलाई खाद्यान्न तथा ब्लयांकेट सहयोग गरेकी छन् ।

शुक्रबार नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णु प्रसाद खनाल मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ, जिल्ला सचिव कृष्णप्रसाद खनालको उपस्थितिमा भुसालले प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीलाई आगलागी पीडितका लागि खाद्यान्न तथा ब्ल्यांकेट हस्तान्तरण गरेकी हुन् ।

सो अवसरमा कांग्रेस केन्द्रीय सदस्य भुसालले सानो सहयोगले पनि पीडितलाई केही राहत मिल्ने भएकाले आफूले सहयोग गरेको र थप सहयोगका लागि पहल गरिरहेको बताइन् ।

भुसालले यसअघि पनि अर्घाखाँचीमा विपद्‍मा परेका तथा विभिन्न राेग लागेर उपचारमा समस्या भएकाहरुलाई आर्थिक सहयोग गर्दै आएकी छन् ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी खत्रीले अर्घाखाँचीवासीले पीडितहरुलाई निकै ठूलो सहयोग गरेको र स्थानीय सरकारसहित विभिन्न संघसंस्थाकाे सहयोगले पीडितहरुको आवास निर्माण हुन लागेको बताउँदै सहयोगी संस्थाहरुलाई धन्यवाद ज्ञापन गरे ।

अर्घाखाँचीमा यस वर्ष आगलागीका कारण सबैभन्दा बढी भूमिकास्थान नगरपालिका वडा नम्बर ३ धारापानीमा ठूलो क्षति पुगेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर