भक्तपुर : भक्तपुरको बालकोटस्थित एक कपास उद्योगमा आगलागी हुँदा झण्डै २५ लाख रुपैया बराबरको क्षति भएको अनुमान गरिएको छ । आज बिहान ५ बजे सूर्यविनायक नगरपालिका–२ बालकोटको रेडक्रस भवन नजिकै रहेको कपास फ्याक्ट्रीका दुई गोदाममध्ये एकमा आगो लागेको हो ।
अचानक लागेको आगो काठमाडौँ र भक्तपुरको वारूणयन्त्र, नेपाल प्रहरी, नेपाली सेना र स्थानीय बासिन्दाको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । आगलागीबाट कारखानामा रहेका कपडा, कपडा पेलेर बनाइएको कालो कपास, मेशिन, औजार र अन्य सामान जलेर नष्ट भएका छ ।
भोजपुरको षडानन्द नगरपालिका–४ दिङ्लाकी सरिता चौलागाईंले सञ्चालन गरेको उद्योगमा कोही कामदार नभएको बेलामा बिहान ५ बजे सल्किएको आगो फैलिएर पुराना कपडाबाट रुवा बनाउने उक्त उद्योगमा आगो लागेको कामदारले बताएका छन् । उद्योगमा रहेको ग्यास सिलिन्डरसमेत विस्फोट भएपछि कारखानामा आगो फैलिएको जनाइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies