२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

भारी वर्षाका कारण सडक अवरुद्ध

Nada
ओबराज शाही
२०८१ असोज १२ गते २२:४४
Shares
भारी वर्षाका कारण सडक अवरुद्ध

हुम्ला : वर्षासँगै हुम्लामा आन्तरिक छोटो दुरीका सडक अवरुद्ध भएका छन् । एक  महिना अगाडि वर्षाले भत्किएको सडक निर्माण नहुँदा अहिलेको वर्षाले झन् सडक भत्काएको छ । 

ncell

जिल्लाका छोटो दुरीमा सञ्चालन हुँदै आएका यातायातका साधनलाई  ज्यानकोबाजी लगाएर यात्रा गर्नुपर्ने अवस्था आएको छ । 

जिल्लाको सिमकोटदेखि    खार्पु खण्ड, नाम्खाको हिल्सा, ठेहे, बरगाउ, डाडाँफया,दोजाम सम्म आन्तरिक सडक पर्दछ । जिल्लाको अन्तरिक तथा छोटा दुरीमा ठेक्का भन्दा विकासे कार्यालयबाट कोटेसनले निर्माण भएको सडकको अवस्था झनै भयानक भएको देखिन्छ ।

सिमकोट गाउँपालिकादेखि खार्पु खण्डसम्म चल्ने सडक जोखिमपूर्णसँगै पहिरोले एक महिना अगाडि भत्किएको सडक निर्माण नहुँदा दैनिक भत्किएको  सडक यात्रा गर्दा ज्यानको बाजी लगाएर यात्रा गर्नुपर्ने अवस्था आएको  ट्याक्टर चालक माने शाहीले बताए । 

चालक शाहीका अनुसार सिमकोट गाउँपालिका वडा नं.५ को मेल बिसाउन सडक करिब एक महिना अगाडि माथिबाट आएको पहिरोले ग्याबिन भत्किएको भएपनि अहिलेसम्म निर्माण हुन सकेको छैन । 

सडक विभाग, पूर्वाधार विकास र स्थानीय सरकारले कुनै चासो नै दिएको छैन् । उक्त सडक साँगुरो गोरेटो छ, दैनिक दिन खार्पु खण्ड जान उक्त भत्किएको सडकमा यात्रा गर्दा दुर्घटना हुने सम्भावना भएको अर्का ट्याक्टर चालक पुरन मल्लले बताए । 

वर्षासँगै चिप्लो माटो भएको सडक हुँदा कति बेला दुर्घटना हुने हो भन्न नसकिने अवस्था रहेको छ । कुनै  दुर्घटना नहुँदै  निर्माण तथा अन्य विकल्प खोज्नु जरुरी देखिएको छ ।

uae

सम्बन्धित खबर