काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विनाप्रतिस्पर्धा मेलम्ची खानेपानी आयोजनाको काम ठेक्कामा दिएर सरकारले ठूलै आर्थिक चलखेल गरेको आरोप लगाएका छन् ।
नेविसंघको निबर्तमान अध्यक्ष नैनसिंह महरद्धारा लिखित पुस्तक नेकपा सरकारका काण्डैकाण्ड विमोचन गर्दै देउवाले ओली सरकारको शुन्य सहनशीलता कुरा मात्रै भएको बताए ।
उनले कानुन विपरित बुढीगण्डकी जलविद्युत आयोजनाको काम पनि चिनियाँ कम्पनीलाई दिने विना प्रतिष्पर्धा मेलम्चीको ठेक्का दिन जस्ता धेरै काण्ड ओली सरकारले मच्चाएको बताए ।
महामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई अघि बढाउन पार्टी भित्रको एकताको आवश्यक्ता रहेको बताए । उनले नेतृत्वलाई मात्रै गाली गरेर पार्टीलाई अघि बढाउन नसकिने स्पष्ट पारे । महरको किताबमा सुनकाण्डदेखि गाइकाण्डसम्म उल्लेख गरि १५५ काण्ड समेटिएको छ । यो महरको ५औँ कृति हो ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies