२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

गीतकार जि.एम. दिपु र अनुपको 'महँगो भो तिम्रो माया'लाई १० लाख भ्युज

ADV
मध्यान्ह
२०८१ जेठ ३२ गते १२:५५
गीतकार जि.एम. दिपु र अनुपको 'महँगो भो तिम्रो माया'लाई १० लाख भ्युज

काठमाडौं : गीतकार जि.एम. दिपु दिपेन्द्रको शब्द रचना रहेको गीत 'महँगो भो तिम्रो माया'लाई छोटो समयमै दश लाख भ्युज मिलेको छ । लोकप्रिय गायक प्रमोद खरेलको स्वर, राजकुमार बगरको संगीत रहेको गीतमा अनुपजंग थापा र सोनी विश्वकर्माको अभिनय रहेको छ ।

चर्चित निर्देशक कृष्णदेव रुपाखेतीले प्रेमबिछोड भावमा रहेको उक्त म्युजिक भिडियो मुकेश हुमागाईंले खिचेका हुन् भने राहुल बराईलीले कोरियोग्राफी गरेका हुन् ।

गीतकार दिपेन्द्र छोटो समयमा दर्शक स्रोताहरुले गीतलाई मन पराएर माया गरिदिएकोमा एकदमै खुसी लागेको बताउँछन् । निर्देशक रुपाखेती पनि गीतले सफलता पाएकोमा मख्ख छन् । कलाकार मोडल अनुपजंग थापा गीतको सफलतामा दर्शक स्रोताहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छन् । निर्देशक कृष्णदेव रुपाखेतीको निर्देशनमा बनेका 'दिल रोएको बेला', 'तिम्रो मेरो दिलको बास' पनि मिलियन क्लबको लाइनमा रहेका छन् । 


ADVADV

सम्बन्धित खबर

Advertise