२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा

ADV
ओबराज शाही
२०८१ असोज १३ गते २१:५०
टेलिकमको टावरले काम नगर्दा सेवाग्राही मर्कामा

हुम्ला : नेपाल टेलिकमको टावर र नेटवर्कले राम्रोसँग काम नगर्दा यसका सेवाग्राही मर्कामा परेका छन् । एक महिनादेखि हिमाली जिल्ला हुम्लाको टेलिकमको टावर र नेटवर्क  छिनमा आउने, छिनमा जाने समस्या भएपनि त्यसलाई मर्मत नगर्दा  समग्र हुम्ला जिल्लाबासीनै यसबाट प्रत्यक्ष मर्कामा परेका छन् ।  

जिल्लामा टेलिकमको टावरले  काम नगर्ने, काम गरेपनि कुराकानी नबुझिने समस्याले अहिले ग्राहकहरु टेलिकमप्रति आक्रोशित भएका छन् । टावरले नै काम नगर्दा नेट इन्टरनेटले पनि काम गर्न छोडेको छ । इन्टरनेटबाट काम गर्ने बैंक,अस्पताल, स्थानीय सरकार, विकासका  कार्यालयका काममा समेत बाधा हुँदै आएको देखिन्छ ।

जिल्ला सदरमुकाम सिमकोटमा एक महिना अगाडिबाट टेलिकमले फाइवर नेट जडान कार्य थाले लगत्तै टावर र नेटले छिन-छिनमा काम गर्ने, छिन-छिनमा जाने समस्या हुँदा सेवाग्राही मर्कामा परेका छन् । आइतबारबाट टावर  र  नेट नै बन्द भएको छ ।  एक महिनादेखिको समस्या भएपनि यसमा कसैको ध्यान जान सकेको छैन । 

यता नेपाल टेलिकमका अनुसार  अप्टिकल  फाइवर बिच्छ्याउन लागिएको र सामान जिल्ला बाहिरबाट नआएको हुँदा जिल्लामा नेट तथा टावरले राम्रो काम नगरेको हो । सामन आउन अझै महिना दिन लाग्ने देखिएको छ । हुम्लामा नत हवाई सेवा सुचारु छ भने नत यातायातका साधननै राम्रोसँग सुचारु भएको छ । जसले गर्दा स्थानीय मर्कामा परेका छन् । 

ADVADV

सम्बन्धित खबर

Advertise