२०८३ असोज २३ गते शुक्रवार / Oct 09 , 2026 , Friday
२०८३ असोज २३ गते शुक्रवार

नगरपालिकाको विकासमा छलाङ मार्छौं : नगरप्रमुख श्रेष्ठ

Nada
सूर्यप्रसाद भुसाल
२०८१ असोज १३ गते २२:२१
Shares
नगरपालिकाको विकासमा छलाङ मार्छौं : नगरप्रमुख श्रेष्ठ

अर्घाखाँची : सन्धिखर्क नगरपालिकाका नवआगन्तुक प्रमुख प्रशासकीय अधिकृत उपसचिव खिमानन्द भुसाललाई सन्धिखर्क नगरपालिकाले एक भव्य समारोहकाबीच  स्वागत गरेको छ ।

ncell

२०५४ सालबाट निजामती सेवामा प्रवेश गरेका भुसाल चितवन, प्युठान जिल्लाको सहायक प्रमुख जिल्ला अधिकारी, यसअघि अर्घाखाँचीको  छत्रदेब गाउँपालिका, गुल्मीको मुसिकोट नगरपालिका,जुम्लाको हिमा गाउँपालिकासहित ५ वटापालिका विभिन्न मन्त्रालय, विभाग र कार्यालयहरुमा काम गरेको लामो अनुभव भएका प्रशासक हुन् ।

प्रमुख प्रसाशकीय अधिकृत भुसाललाई स्वागत गर्दे सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले नागरिकको अपेक्षालाई बुझि सिमित स्रोत साधनकाबीच असिमित आवश्यकता पुरा गर्नुपर्ने बताए । 

उनले नागरिकका माग र आवश्यकतालाई पुरा गर्नका लागी सरल,सहज,छिटो छरितो तवरले सेवा प्रवाहमा राष्ट्रसेवक कर्मचारीहरुको तर्फबाट महत्वपूर्ण भूमिका खेल्न  भुसाल लाई आग्रह गरे । 

प्रमुख प्रसासकीय अधिकृतलाई नगरपालिकामा स्वागत गर्दे नगरउप्रमुख मिश्रा आचार्यले कर्मचारीको टिम र जनप्रतिनिधिहरुको सम्पूर्ण टिम एकताबद्ध भइ देखिने गरी काम गर्नुपर्ने बताइन् । 

नवआगन्तुक प्रमुख प्रसासकीय अधिकृत खिमानन्द भुसालले कार्यालय समय बाहेकको समयमा पनि नागरिकका काममा सहज तवरले काम गर्न लाग्ने भन्दै सम्पूर्ण कर्मचारीहरुले पनि आफ्नो पेशागत व्यवसायिकताका लागि सुत्ने बेलामा समेत कार्यालयको काम बारे सोंचेर गतिशिलताका र उर्जाका साथ काममा लाग्नुपर्ने बताए ।

सम्बन्धित खबर