२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

अभिमुखीकरण तालिम, शुल्क वृद्धि र अनलाइन परीक्षाबारे श्रम मन्त्रालयमा गम्भीर छलफल

ADV
मध्यान्ह
२०८१ असोज १४ गते ०६:१५
अभिमुखीकरण तालिम, शुल्क वृद्धि र अनलाइन परीक्षाबारे श्रम मन्त्रालयमा गम्भीर छलफल

काठमाडौं : वैदेशिक रोजगारीमा जाने कामदारको अभिमुखीकरण तालिम, शुल्क वृद्धि र अनलाइन परीक्षामार्फत कम्तीमा ५० प्रतिशत अंक ल्याउने विषयका सन्दर्भमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा गम्भीर छलफल भएको छ । 

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले भाषा परीक्षाको नाममा वैदेशिक रोजगारमा जाने कामदारको शुल्क अत्यधिकरूपमा वृद्धि गरिएको भन्दै आपत्ति जनाएको समाचार मध्यान्ह दैनिकको आइतबारको अंकमा प्रकाशित भएको थियो । उक्त समाचारका सन्दर्भमा मन्त्रालयका सचिव मुकुन्द निरौलाको अग्रसरता, नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी, विभिन्न राजनीतिक दल निकट घटकसंस्थाका अध्यक्ष तथा पदाधिकारीसहितको उपस्थितिमा छलफल भएको थियो ।

उक्त छलफलपछि वैदेशिक रोजगार विभागले विज्ञप्तिमार्फत गत २०८० असोज ७ गते जारी अभिमुखीकरण तालिम सञ्चालन मूल कार्यविधि २०७६ कार्यान्वयनमा नआएको बताएको छ । कार्यविधिमा वैदेशिक रोजगारीमा जाने कामदारले अनलाइन प्रणालीबाट परीक्षा दिइ कम्तीमा ५० प्रतिशत अंक ल्याएपछि मात्र उत्तीर्ण हुने र उक्त प्रमाणपत्र पेस गरेपछि मात्र श्रम स्वीकृति पाउने व्यवस्था गरिएको छ  ।

त्यस्तै कार्यविधिमा हालको २ दिने तालिमलाई ३ दिने बनाइ पहिलो र दोस्रो दिन अंग्रेजी भाषा र तेस्रो दिन वैदेशिक रोजगारीमा जाने देशको देशगत भाषासमेत अध्ययन गनुपर्ने र परीक्षा दिनै पर्ने बाध्यत्मक अवस्था गरिएको छ । त्यसमा अभिमुखीकरण तालिम संस्थाले भाषा अध्ययन, परीक्षा र प्रमाणपत्र शुल्क गरी २ हजार ८ सय रुपैयाँ लिने पाउने व्यवस्था गरिएको  छ ।

मध्यान्ह दैनिकको २०८१ साल असोज १३ गते प्रकाशित ‘वैदेशिक रोजगारको दुईदिने अभिमुखीकरण तालिम अब तीनदिने, देशगत भाषा परीक्षणमा फेल भएका कामदार विदेश जान नपाउने’ शीर्षकको समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै विभागले विज्ञप्तिमा वैदेशिक रोजगारको तीनदिने अभिमुखीकरण तालिम, तालिम शुल्क बृद्वी भइ रू २८ सय कायम गरिएको एवम् परिक्षा सम्बन्धमा कुनै सत्यता नरहेको  र हाल अभिमुखीकरण तालिम दुई दिन नै सञ्चालन हुने, तालिम शुल्क ७ सय नै रहेकोे तथा देशगत भाषा परीक्षा सम्बन्धमा विभागको कुनै निर्णय नभएको जनाएको छ ।

विभागले अभिमुखीकरण तालिम सञ्चालन मूल कार्यविधि २०७६ कार्यान्वयनमा नआएको बताएपनि लोकतान्त्रिक एशोसिएसनले मन्त्रीस्तरीय निर्णयको आवरणमा शंकास्पद प्रावधान कार्यान्वयन गर्ने सोचले वैदेशिक रोजगार क्षेत्रमा अत्यन्तै नकारात्मक अवस्था ल्याउने भन्दै व्यवसायीहरूको छाता संस्था नेपाल वैदेशिक रोजगार व्यवसायी संघले पनि गम्भीर चासो राख्नुपर्ने माग गरेको छ । मन्त्रालयमा भएको छलफलपछि आइतबार एशोसिएसन कार्यसमितिको बैठक बसेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise