२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

अविरल वर्षाले वैदेशिक रोजगार पनि प्रभावित

ADV
२०८१ असोज १४ गते ०६:२०
अविरल वर्षाले वैदेशिक रोजगार पनि प्रभावित

काठमाडौं : दुईदिने अविरल वर्षाले निम्त्याएको विपत्तिले वैदेशिक रोजगारमा जाने कामदारहरू नराम्ररी प्रभावित भएका छन् । नेपालीको महानपर्व दशैं अगाडि नै भिसा आएका कामदार उडाउन म्यानपावर कम्पनीहरूले सबै तयारी गरेको भएपनि विदेश उड्नुपर्ने कामदार काठमाडौं आउन नपाएपछि उनीहरू प्रभावित भएका हुन् ।

निरन्तरको वर्षाले काठमाडौं प्रवेश गर्ने सबै नाका बन्द भएपछि रात्रि तथा दिवा सेवाका सवारी साधन प्रायः चलेका छैनन् । स्थल मार्ग अवरुद्ध भएपछि हवाई मार्ग कामदारका लागि अत्यन्तै महंगो भएको छ ।

यसअघि ५२ देखि ५५ सय हाराहारीमा पाइने आन्तरिक उडानको हवाई टिकट आइतबार १३ हजार ५ सयसम्म पुगेको व्यवसायीहरूले बताएका छन् । यद्यपि एयरलाइन्स व्यवसायीहरुले तीन दिसम्म हवाई भाडा नबढाउने प्रतिबद्धता जनाइसकेका छन् ।

श्रम गन्तव्यमा उड्न नपाएका कामदारहरूको तथ्यांक संकलन नभएपनि संख्या ठूलो रहेको नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise