२०८३ असोज १ गते बिहिवार / Sep 17 , 2026 , Thursday
२०८३ असोज १ गते बिहिवार

एभरेष्ट महिला भलिबल लिग : काठमाडौंलाई हराउँदै ललितपुरको विजयी शुरुवात

Nada
२०८१ असोज १४ गते १८:४०
Shares
एभरेष्ट महिला भलिबल लिग : काठमाडौंलाई हराउँदै ललितपुरको विजयी शुरुवात

काठमाडौं : एभरेष्ट महिला भलिबल लिगमा ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको छ । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आज भएको उद्घाटन खेलमा काठमाडौं स्पाइकर्सलाई हराउँदै ललितपुर क्वीन्सले विजयी शुरुवात गरेको हो ।

ncell

ललितपुरले काठमाडौंलाई ३–१ को सेटमा हरायो । पहिलो सेट ललितपुरले २५–२० ले जित्यो । दोस्रो सेट काठमाण्डौले २५–२१ ले जित्यो । त्यसपछि ललितपुरले तेस्रो सेट २५–२१ र चौथो सेट २५–१९ ले जित्यो ।

प्रतियोगितामा आजै दोस्रो खेलमा मधेश युनाइटेड र कर्णाली यश्भिस खेल्दैछन् । यस्तै आजै तेस्रो खेलमा चितवन शक्ति र गण्डकी थन्डर्स खेल्दैछन् ।

ताजा खबर

सम्बन्धित खबर