२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

पार्वती र गोविन्दको स्वरमा ‘पानी सलल’

ADV
मध्यान्ह
२०८१ असोज १४ गते १९:२५
पार्वती र गोविन्दको स्वरमा ‘पानी सलल’

काठमाडौं : काँठे भाका ‘पानी सलल’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । आइतबार एक कार्यक्रमकाबीच राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, व्यवसायी श्याम डंगोल, कलाकार राजिव मानन्धर, भिडिओका निर्देशक सुरज खनाललगायतले गीतको लोकार्पण गरेका हुन् ।

सो अवसरमा गीतलाई शुभकामना दिँदै राष्ट्रिय सभा उपाध्यक्ष घिमिरेले देश र जनताको हितमा गीत–संगीत सिर्जना हुनुपर्ने बताइन् । सही सन्देश दिने खालका गीतहरू गाउनुपर्ने उनको भनाइ थियो ।

‘पानी सलल’ गीतमा पार्वती कार्की र गोविन्द दुलालले स्वर दिएका छन् । शब्द, संगीत पनि गोविन्द दुलालको हो भने एरेन्ज राकेश सोनीले गरेका हुन् । भिडिओमा सुवी शाही र मोहन डंगोलको अभिनय छ ।

इभा फिल्मस् प्रा.लि.को प्रस्तुति रहेको ‘पानी सलल’को भिडियोलाई सुरज खनालले निर्देशन गरेका हुन् । कार्यक्रममा गायक बैकुण्ठ महत, भिडियोका निर्देशक खनाल, इभा प्रा.लि.का प्रोपाइटर तथा कलाकार श्याम खनाल, गायक मोतीराज खनाललगायतले गीतलाई स्रोता–दर्शकले रुचाउने विश्वास व्यक्त गरे ।


ADVADV

सम्बन्धित खबर

Advertise