२०८१ असोज १४ गते सोमवार / Sep 30 , 2024 , Monday
२०८१ असोज १४ गते सोमवार

बालविवाह न्यूनीकरण गर्न बालबालिकालाई तालिम

ADV
ओबराज शाही
२०८१ असोज १४ गते २१:१४
बालविवाह न्यूनीकरण गर्न बालबालिकालाई तालिम

हुम्ला : बालअधिकार, बालसंरक्षण र बालविवाह न्यूनीकरण सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । 

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा हुम्ला जिल्लामा व्याप्त रुपमा रहेको बालविवाह न्यूनीकरण गर्न, बालअधिकारको सुनिश्चित गर्न र बालबालिकाहरुमाथि हुने विभिन्न सम्भावित जोखिमहरुबाट सचेत गराउन बाल क्लबका सदस्यहरुमार्पmत विद्यालयका अन्य बालबालिकालाई  एक दिने अभिमुखीकरण कार्यक्रम गरिएको गुड नेवर्स इन्टरनेशनल नेपाल हुम्लाका प्रमुख नारायण प्रसाद चौधरीले जानकारी दिए । 

उक्त कार्यक्रममा बालबालिकालाई बालअधिकार, बालसंरक्षण र बालविवाहबाट हुने नकरात्मक असरहरु र बालविवाह न्यूनीकरणका उपायहरु जस्ता विषयबस्तु समेटिएर अन्तरक्रिया तथा छलफल गरिएको थियो । संस्थाको कार्यक्षेत्र   खार्पुनाथ गाउँपालिकाका पाँचवटा माध्यमिक विद्यालय  जस्तै मान्धारा माध्यमिक विद्यालय, मालिका माध्यमिक विद्यालय, सिता माध्यमिक विद्यालय, हुम्ला माध्यमिक विद्यालय र शंकर माध्यमिक विद्यालयका करिब २ सय ५० जना बालबालिकाहरु कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा बालबालिकाहरु सचेत भएमा बाल विवाह न्यूनीकरण गर्न सहज हुने बताइएको थियो । 

उक्त कार्यक्रम पश्चात सहभागिहरुले आफुपनि बाल विवाह नगर्ने र बाल विवाह न्यूनीकरणमा आफुहरुले उल्लेख्य भूमिका खेल्ने प्रतिबद्धता जनाएको  गुड नेवर्स इन्टरनेशनल नेपाल हुम्लाका बाल संरक्षण तथा बाल प्रायोजन सेवा सहायक निर्मला बोहराले बताइन् । कार्यक्रममा प्राविधिक सहयोग किर्डाक नेपाल हुम्लाले गरेको थियो ।

ADVADV

सम्बन्धित खबर

Advertise