काठमाडौं : सिंगापुरमा जारी त्रिकोणात्मक टी ट्वान्टी सिरिजको दोस्रो खेलमा आज नेपालले आयोजक सिंगापुरको सामना गर्दैछ । खेल इण्डियन एसोसिएनसनको मैदानमा साँझ सवा पाँच बजे शुरु हुनेछ ।
सिरिजको फाइनलमा स्थान बनाउनका लागि नेपाललाई आजको खेलमा जित आवश्यक छ । तर बलियो टोली सिंगापुरलाई हराउन त्यति सहज भने छैन । पहिलो खेलमा नेपाल शुक्रबार जिम्बावेसँग पाँच विकेटले पराजित भएको थियो ।
सिरिजको अंक तालिकामा नेपाल अंक विहिन रहेको छ । जिम्बावे दुई अंक जोडेर शीर्ष स्थानमा छ । सिरिज अन्तर्गत नेपालले मंगलबार जिम्वाबेसँग र बुधबार पुनः सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । सिरिजको शीर्ष दुई टोलीले फाइनलमा प्रतिस्पर्धा गर्नेछन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies