काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नयाँ नेतृत्व पाएको छ । क्यानको अध्यक्षमा चतुरबहादुर चन्द निर्वाचित भएका छन् । शनिबार भएको चुनावमा अध्यक्षका अर्का प्रत्यासी विनयराज पाण्डेलाई हराउँदै चन्द अध्यक्षमा निर्वाचित भएका हुन् ।
अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले गठन गरेको स्वतन्त्र कमिटीको समन्वयमा शनिबार सम्पन्न विशेष साधारणसभाबाट अध्यक्षमा चन्द निर्वाचित भएका हुन् । ५९ प्रतिनिधिले मतदान गरेको निर्वाचनमा चन्दले ४४ मत प्राप्त गर्दा पाण्डेले १५ मत प्राप्त गरे ।
यस्तै उपाध्यक्षमा चन्द समूहकै राजुबाबु श्रेष्ठले मिङ्मा डन्डु शेर्पालाई पराजित गर्दै उपाध्यक्षमा निर्वाचित भएका छन् । श्रेष्ठले ४१ मतका साथ विजयी हुँदा उनका प्रत्यासी मिङ्मा डाण्डु शेर्पाले १७ मत पाए ।
सचिवमा अशोकनाथ प्याकुरेलले जित हाँसिल गरेका छन् । उनले विनोदकुमार मैनालीलाई पराजित गरेका हुन् । प्याकुरेल ४३ मत पाउँदै निर्वाचित हुँदा उनका प्रत्यासी विनोद कुमार मैनालीले १५ मत प्राप्त गरे ।
कोषाध्यक्षमा रोशन कुमार सिंह विजयी भएका छन् । उनले उपेन्द्र भट्टाराईलाई हराए । कोषाध्यक्षमा सिंह ४५ मत पाउँदा उनका प्रत्यासी भट्टराईले १२ मत पाए ।
प्रादेशिक सदस्यतर्फ सुदूरपश्चिम प्रदेशबाट बिक्रम विष्ट निर्विरोध निर्वाचित भएका छन् । कर्णाली प्रदेशबाट पदमबहादुर खड्का, प्रदेश ५ बाट प्रशान्त बिक्रम मल्ल, गण्डकीबाट ऋषिराम गौतम, प्रदेश २ बाट दाउद अन्सारी निविरोध निर्वाचित भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies