२०८१ असोज १५ गते मङ्गलवार / Oct 01 , 2024 , Tuesday
२०८१ असोज १५ गते मङ्गलवार

मलेसियामा पाँच हजार अवैधानिक कामदार संकटमा

ADV
२०८१ असोज १५ गते ०६:३०
मलेसियामा पाँच हजार अवैधानिक कामदार संकटमा

क्वालालम्पुर : मलेसियामा रि–क्यालिब्रेसन कार्यक्रमअन्तर्गत सबै प्रक्रिया पूरा नभएका ५ हजार विदेशी कामदारको अवस्था संकटमा परेको छ । मलेसिया सरकारले गत जनवरी ९ तारिकमा करिब तीन महिनाको समय दिएर मार्च ३१ तारिकसम्ममा विदेशी कामदारहरुलाई वैधानिक बनाउने प्रक्रिया पूरा गर्न रोजगारदाताहरुलाई समय दिएको थियो ।

त्यस अवधिमा कम्पनीले जिम्मा लिएका अवैधानिक विदेशी कामदारमध्ये ५ हजारभन्दा बढीको प्रक्रिया पूरा भएको छैन । त्यसमा केही नेपाली कामदारहरु रहेकोे हुन सक्ने आंकलन छ । 

वैधानिकता पूरा गरी काममा लगाउने जिम्मा लिएका मलेसियाली रोजगारदाताहरुहरुले संक्रमणकालका लागि उनीहरुलाई बाँकी रहेका रि–क्यालिब्रेसन मामिलाहरु पूरा गर्न दिन र वैधानिकीकरण प्रक्रियाको बीचमा रहेका कामदारहरुलाई हिरासत र देश निकाला नगर्न आग्रह गरेका छन् ।

रोजगारदाताहरुले अवैधानिक विदेशी कामदारहरुलाई वैधानिकीकरण गर्न उनीहरुको स्वास्थ्य परीक्षणसहित स्वीकृत कोटाको शुल्क तिरिसकेको जिकिर लिएका छन् । प्रक्रिया पूरा नभइसकेका कामदारलाई थुनामा नपठाउन आग्रह गर्दै गत हप्ता मलेसियाको गृह मन्त्रालय परिसर अगाडि शान्तिपूर्ण विरोध प्रदर्शनमा उत्रिएका दर्जनौं रोजगारदाताले रि–क्यालिब्रेसन प्रक्रिया अचानक बन्द हुँदा रोजगारदाता र विदेशी कामदारहरु अनिश्चिततामा परेको बताएका थिए ।

यसले आफ्नो विदेशी कामदार दर्ता गरेर कानूनको पालना गर्ने रोजगारदाताहरुलाई ठूलो असर गरेको उनीहरुको भनाइ  छ । मलेसियामा  निर्माण, वृक्षारोपण र उत्पादनलगायत क्षेत्र पूर्णरुपमा विदेशी कामदारमा निर्भर रहेका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise