२०८२ असार १७ गते मङ्गलवार / Jul 01 , 2025 , Tuesday
२०८२ असार १७ गते मङ्गलवार
Ads

सन्तोषी भइन् मिसेस नेपाल युनिभर्स

shivam cement
मध्यान्ह
२०८१ असोज १५ गते २०:२१
सन्तोषी भइन् मिसेस नेपाल युनिभर्स

काठमाडौं : मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि सन्तोषी कार्कीले जितेकी छन् । लन्डन फेशन हाउसले आयोजना गरेको प्रतिस्पर्धाबाट सन्तोषीले मिसेस नेपालल युनिभर्सको ताज चुमेकी हुन् । अब उनले नेपालको प्रतिनिधित्व गर्दै ४७औं मिसेस युनिभर्समा भागलिने भएकी छन् ।

मिसेस युनिभर्समा आधा दशकदेखि नेपालले सहभागिता जनाउँदै आएको छ । यसपटक आफूले नेपालका लागि केही उपाधि ल्याउने तयारीका साथ भाग लिन लागेको पनि सन्तोषीले बताएकी छिन् । मिसेस युनिभर्स विवाहित महिलाहरुको सबैभन्दा जेठो सौन्दर्य प्रतियोगिता हो । ४७ वर्षबाट यो प्रतियोगिता हुँदै आएको छ । १८ वर्षदेखि ५५ वर्षसम्मका १४० भन्दा बढी देशका विवाहित महिलाहरुले भाग लिने यो प्रतियोगितामा यसपटक नेपालबाट सन्तोषी कार्कीले प्रतिनिधित्व गर्दैछिन् । अन्तर्राष्ट्रिय युवा उद्यमी महासंघ बेलायतकी महासचिवसमेत रहेकी सन्तोषी विभिन्न संस्थाको नेतृत्वमा रहेको अनुभवले पनि मिसेस युनिभर्समा आफ्नो प्रस्तुतिमा सघाउने कुरामा विश्वस्त छिन् ।

यो प्रतियोगितामा भाग लिन सन्तोषी दुई दिनपछि दक्षिण कोरिया उड्दैछिन् । लन्डनको एक विश्वविधालयमा प्रध्यापनसमेत गर्दै आएकी सन्तोषी मिसेस नेपाल युनिभर्सकै लागि चार दिन अघि नेपाल आएकी हुन् । लन्डनमा रेष्टुरेन्ट व्यबसाय समेत सञ्चालन गर्दै आएकी सन्तोषी ८ वर्षको छोराको आमा पनि हुन्,‘पारिवारिक जिम्मेवारी निर्वाह गरेर पनि बाहिर गएर केही गर्न सकिन्छ भनेर मैले यो प्रतियोगितामा भाग लिएको हुँ,’ सन्तोषीले भनिन्, ‘नेपालको बारेमा सो अन्तर्राष्ट्रिय मञ्चमा धेरै भन्दा धेरै जानकारी गराउने छु ।

विगत डेढ दशकदेखि बेलायतमा बस्दै आएकी सन्तोषी सोलुखुम्बुकी हुन् । काठमाडौं आएर १२ कक्षा उतिर्ण गरेपछि उनी उच्च शिक्षा, मिस टिन २००७ मा भाग लिएकी उनले र मिष्टर एन्ड मिस टिन कलेज २००८ मा शिर्ष उपाधि जितेकी थिइन् । त्यतिबेलाको अनुभवले पनि यसपटक मिसेस नेपाल युनिभर्स २०२४ को उपाधि हाँसिल गर्न सजिलो भएको सन्तोषीले बताएकी छिन् । यसरी कलेजदेखि नै आफू सौन्दर्य प्रतियोगितासँग जोडिएको सन्तोषीले बताएकी छिन् ।

‘सन्तोषीले मिसेस युनिभर्सको लागि आवश्यक सबै प्रशिक्षण यतिबेला कोरियोग्राफर रोजिन शाक्यबाट पुरा गर्नु भएको छ । ३ अक्टोबारबाट दक्षिण कोरियाको साउलमा सुरु हुने यो प्रतियोगितामा भागलिन नेपालबाट सन्तोषी जाँदै हुनुहुन्छ,’ मिसेस नेपाल युनिभर्सकी आयोजक एवम् लन्डन फेशन हाउसकी अध्यक्ष मनिषा डँगोल श्रेष्ठले बताइन् । यस्तै अफिसियल मेकअप आर्टिष्टको रुपमा रहेकी इन्दिरा महर्जनले उनलाई व्युटी सम्बन्धि ग्रुमिङ गरेकी छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise