२०८३ असोज ६ गते मङ्गलवार / Sep 22 , 2026 , Tuesday
२०८३ असोज ६ गते मङ्गलवार

युकेमा रुचाइयो ‘काँडेतार’

Nada
२०८१ असोज १५ गते २०:२२
Shares
युकेमा रुचाइयो ‘काँडेतार’

काठमाडौं : सिमानामा काँडेतार बारले मुलुक बीचका नागरिक र भूमिको संरक्षण मात्रै गर्दैन असल छिमेकीसँगको सद्भाव कायम राख्छ भन्ने कथासार रहेको चलचित्र ‘काँडेतार’ आइतबार आक्सफोर्ड युकेको सिङ्गलटन हलमा उल्लेखनीय दर्शकहरुबीच विशेष प्रर्दशनी भएको छ ।

ncell

देशको माटो र मान्छे जोगाउने उद्देश्यको साथ बनेको देशभक्तिपुर्ण चलचित्र ‘काँडेतार’ प्रति युकेवासी नेपालीहरुले देखाएको प्रेम र सद्भावबाट आफु अत्यन्तै हर्शित भएको निर्मात्री सत्यकला राईले बताएकी छन् । चलचित्र हेर्ने दर्शकहरुलाई थप मनोरन्जन प्रदान गर्न निर्मात्री एवम् गायिका सत्यकला राईले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेकी थिइन् ।

चलचित्र हेर्न विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, लेखक, पत्रकारहरुलगायत मुख्य आयोजक टिमका अध्यक्ष, नेप्लिज लेडिज ग्रुपका जया कोयी राई, देवान राई, ट्रस्टी अफ गोर्खा पिस फाउन्डेसनका गंगाराज राई, महासचिव यायोक्खा वेलाय र नेपाली कलाकार प्रस्तोता समाज वेलायत किरात राई, कल्पना राई कुञ्जु, महासचिव सगरमाथा गोरखा नेप्लिज लेडिज कम्युनिटी आस्फोर्ड र सांस्कृतिक सचिव किरात राई यायोक्खा प्रा.क. आस्फोर्ड केन्टरएक्जेक्युटिव मेम्बर अफ कलाकार प्रस्तोता समाज युकेका प्रकाश राई, समाजसेवी सकुन लिम्बू नेम्बाङ्ग पुर्व खेलाडी, सहसचिव किरात याक्थुंग चुम्लुङ्ग युके, निर्मला राई, बिपिन लिम्बु, माला लिम्बु आदिको उपस्थिति रहेको थियो भने प्रायोजकमा आस्मी ज्वेलर्स, गोरखा भान्साघर, गोरखा भिल्ला, शिला किचन, काठमाडौं र गोल्ड होलसेल, केन्ट गोरखा कम्पनी, मेडिस्टोन तन्दुरी, सरस्वती ज्वेलर्स आदि रहेको थियो । 

नेपालको प्रायः सबै शहरमा विशेष प्रदर्शन सम्पन्न भइसकेको र अत्यधिक रुचाइएको चलचित्र काँडेतारमा नवल खडका, गौरब पहाडी, रेविका गुरूङ, प्रशान्त यादब, सुरबिना कार्की, मुरलिधर, संजय खतिवडा, रोमियन लिम्बु, प्रेम सुब्बा, पर्शुराम चौधरी, पुष्प श्रेष्ठ आदि कलाकार रहेका छन् ।

नवल खड्काको निर्देशन रहेको ‘काँडेतार’मा कार्यकारी निर्माता सत्यकला राई, लेखन शिवम् अधिकारी र नवल खड्का, छायाँकन सौरभ लामा, द्वन्द श्री श्रेष्ठ, नृत्य कविराज गहतराजको रहेको छ ।

ताजा खबर

सम्बन्धित खबर