२०८२ चैत १५ गते आइतवार / Mar 29 , 2026 , Sunday
२०८२ चैत १५ गते आइतवार
Ads

बाराका मेयर सिंह खाद्यान्न र स्वास्थ्य टिमसहित पुगे रौतहट

himalayanlife
सत्येन्द्र प्रताप सिंह
२०८१ असोज १५ गते २१:३१
Shares
बाराका मेयर सिंह खाद्यान्न र स्वास्थ्य टिमसहित पुगे रौतहट

रौतहट : बाराको पचरौता नगरपालिका मेयर जलन्धर सिंह कुर्मी रौतहटका बाढी पीडितका लागि राहत र स्वास्थ्य टिमसहित रौतहट पुगेका छन् । मेयर कु

र्मीको निर्देशनमा बिहान–बेलुका दैनिकी खाना पकाएर खुवाउने १ सय ५० जनाको टिमसहित राजदेवी नगरपालिको लक्ष्मीपुर बेलविछवामा स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।  

‘दुःखको घडीमा केही गर्न सौभाग्य प्राप्त भएको छ, यस विपदको बेला  पीडित परिवारलाई अहिले खानाको अतिआवश्यक रहेको हुनाले मंगलबारदेखि पचरौता नपामा सम्पूर्ण टिम यही बसेर खाना बनाएर खुवाउने गरिएको छ,’ मेयर कुर्मीले भने, ‘स्वास्थ्यमा केही समस्या भएको बाढीपीडितलाई स्वास्थ्यकर्मी टिम समेतले चेकजाँच गरिएको छ ।’

सम्बन्धित खबर