२०८३ असोज ११ गते आइतवार / Sep 27 , 2026 , Sunday
२०८३ असोज ११ गते आइतवार

वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियलद्वारा रक्तदान सम्पन्न

Nada
२०८१ असोज १५ गते २१:४८
Shares
वार्षिकोत्सवको अवसरमा प्राइम कमर्सियलद्वारा रक्तदान सम्पन्न

काठमाडौं : प्राइम कमर्सियल बैंकले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बैंकले मंगलबार केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौं, कोशी प्रदेश कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय वीरगंज, गण्डकी प्रदेश कार्यालय पोखरा, लुम्बिनी प्रदेश कार्यालय बुटवल, कर्णाली प्रदेश कार्यालय छिन्चु, सुर्खेतमा गरी देशभरका ६ स्थानमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो । 

ncell

उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारी तथा शुभेच्छुकहरु गरी ३९२ जनाले रक्तदान गरेको बैंकले जनाएको छ । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत संजिव मानन्धरले सम्पूर्ण रक्तदाता तथा प्राविधिकहरुलाई धन्यवाद दिँदै, मानव जीवन रक्षाको लागि अत्यावश्यक रगत संकलन गर्ने कार्यक्रम आयोजन गरी सम्पन्न गर्न पाउँदा अत्यन्तै खुसी लागेको धारण राखेका थिए । आगामी दिनमा पनि यस्तै विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै जाने अधिकृत मानन्धरले बताए ।

ताजा खबर

सम्बन्धित खबर