२०८१ असोज १६ गते बुधवार / Oct 02 , 2024 , Wednesday
२०८१ असोज १६ गते बुधवार

अभिमुखीकरणको आइरिस प्रणाली पहिलो गाँसमै ढुँगा, अब दशैंपछि मात्र लागू गरिने

ADV
२०८१ असोज १६ गते ०६:३५
अभिमुखीकरणको आइरिस प्रणाली पहिलो गाँसमै ढुँगा, अब दशैंपछि मात्र लागू गरिने

काठमाडौं : वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एण्ड आइरिस रिकोग्नेसन’ प्रणाली दशैंपछि मात्रै लागू गर्ने भएको छ । लामो तयारी गरिएपनि उक्त प्रणाली शुरुवात गरेकै दिन बिग्रिएको छ ।

विभागले लामो तयारीपछि पूर्वप्रस्थान तालिमअन्तर्गत उक्त सिस्टम लागू गर्ने सार्वजनिक गरेको थियो । तर मंगलबार बिहान विभागमा गरिएको नमुना परीक्षणमा नै प्रणालीले काम नगरेपछि विभागले थप तयारी गरेर असोज २९ गतेदेखि लागू गरिने बताएको छ ।

विभागका महानिर्देशक सूर्यबहादुर खत्रीले प्रणालीमा सामान्य प्राविधिक समस्या आएको र व्यवसायीहरूको अनुरोधमा समय थप गरिएको बताएका छन् । विभागले प्रशिक्षार्थीको औंठाछाप हाजिरी लिँदा अनियमितता भएको भन्दै आँखाको रेटिना अध्ययन गर्ने आइरिस प्रणाली प्रयोगमा ल्याउन लागिएको बताएको छ । 

अभिमुखीकरण तालिम व्यवसायीहरूले भने नयाँ प्रविधि जडानका नाममा व्यवसायीमाथि भार बढाएको र काम गर्न अवरोध सिर्जना गरेको बताएका छन् ।

नेपाल वैदेशिक रोजगार अभिमुखीकरण व्यवसायी महासंघका अध्यक्ष राजाराम गौतमले मन्त्रालयले कार्यविधि जारी गरेपछि व्यवसायीले ९ महिनाअघि नै सिस्टम जडान गरिसकेको दाबी गरे । उनले  १ सय ४३ व्यवसायीले झण्डै १३ करोड खर्च गरेर पूर्वाधार निर्माण गरेको भन्दै आफ्नो कमजोरी लुकाउन व्यवसायीमाथि अनावश्यक आरोप लगाएको बताए ।

अध्यक्ष गौतमले व्यवसायीले अन्य उपकरणसहित दुई लाख ४० हजार रुपैयाँभन्दा बढी मूल्य पर्ने आइरिस स्क्यानर राखेको भन्दै विभागको न्यून गुणस्तरको सफ्टवेयरले काम नगरेको दाबी गरे ।

ADVADV

सम्बन्धित खबर

Advertise