२०८१ असोज १८ गते शुक्रवार / Oct 04 , 2024 , Friday
२०८१ असोज १८ गते शुक्रवार

साउदीस्थित राजदूतावास र गोसीद्वारा कार्यशाला सम्पन्न, नेपाली श्रमिकहरू लाभान्वित हुने आशा

ADV
मध्यान्ह
२०८१ असोज १६ गते १०:५४
साउदीस्थित राजदूतावास र गोसीद्वारा कार्यशाला सम्पन्न, नेपाली श्रमिकहरू लाभान्वित हुने आशा

साउदी अरब : नेपाली राजदूतावास, रियाद र साउदी अरबको जनरल अर्गानाईजेशन फर सोसियल ईन्सुरेन्स (GOSI) अन्तर्गतको जनरल डिपार्टमेन्ट अफ ईन्सुरेन्स अवेयरनेसको समन्वयमा राजदूतावासमा एक महत्वपूर्ण कार्यशाला सम्पन्न भएको छ । 

कार्यशालामा साउदी अरबमा कार्यरत नेपाली श्रमिकहरूको लागि सामाजिक सुरक्षा बीमा, कार्य-दुर्घटनामा घाइते वा अंगभंग भएमा पाउने सुविधा, र मृत्यु भएमा हकवालाहरूले प्राप्त गर्ने सेवासम्बन्धी जानकारी दिइएको थियो ।

GOSI का प्रतिनिधिहरू महा अलखतीब र अब्दुल रहमान अलओतैबीले साउदी सरकारको सामाजिक सुरक्षा प्रणालीबारे जानकारी गराउँदै यस प्रकारको सचेतनामूलक कार्यक्रम पहिलो पटक आयोजना गरिएको बताए । उनले भविष्यमा यस्ता कार्यक्रमलाई थप व्यापक बनाउँदै नेपाली श्रमिकहरूलाई समेट्ने उद्देश्यले दूतावाससँग निरन्तर सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा राजदूतावासका कार्यवाहक राजदूत डा. डमरूवल्लभ पौडेलले नेपाली श्रमिकहरूको सुरक्षाका लागि यस्ता कार्यक्रमहरूको महत्त्वबारे जोड दिए । उनले विगत लामो समयदेखि थाती रहेका मृतक श्रमिकका हकवालाहरूको सुविधा प्रदान गर्ने प्रक्रियामा उल्लेखनीय प्रगति भएको बताए । उनले भविष्यमा यस्ता सचेतनामूलक कार्यक्रमहरूको निरन्तरता र प्रभावकारीताका लागि गोसी र राजदूतावासबीचको सहकार्य अझ सुदृढ हुने विश्वास व्यक्त गरे ।

कार्यशालामा दुवै पक्षका प्रतिनिधिहरूबीच प्रश्नोत्तर र अन्तरक्रिया समेत भयो, जसले गर्दा धेरै अस्पष्ट रहेका विषयहरूमा स्पष्टता प्राप्त भयो । नेपाली श्रमिक समुदायलाई लक्षित गर्दै भविष्यमा यस्ता सचेतनामूलक कार्यक्रमहरूको निरन्तरताका लागि सहमति पनि भएको दुतावासले जनाएको छ ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise