२०८२ फागुन २८ गते बिहिवार / Mar 12 , 2026 , Thursday
२०८२ फागुन २८ गते बिहिवार
Ads

गायिका सम्झना भण्डारीले कतारमा सांगीतिक प्रस्तुति दिँदै

shivam cement
तिलु शर्मा पौडेल
२०८१ असोज १६ गते १८:५४
Shares
गायिका सम्झना भण्डारीले कतारमा सांगीतिक प्रस्तुति दिँदै

दोहा कतार : यस वर्षको दशैंमा आफ्ना सांगीतिक कोसेलीको पोको बोकेर चर्चित लोक तथा दोहोरी गायिका सम्झना भण्डारी नेपालीलाई नचाउन कतार आउने भएकी छन् ।

औंठी बेरुवाको, क्यार्न माया मारीचौ, घाँस काटौं खोली दोभान, कपलु कोरेर, मेरो माया बसेको गाउँमा, चिउरी पलाएछलगायत दर्जनौं चर्चित गीतकी गायिका भण्डारी क्षत्री समाज नेपाल कतार शाखाले आयोजना गर्न लागेको क्षत्री दिवस, विजयादशमी, शुभ-दीपावली साथै छठ पर्वको अवसरमा शुभकामना आदानप्रदानसहित बृहत् सांस्कृतिक कार्यक्रममा आफ्नो सांगीतिक प्रस्तुति दिन आउन लागेकी हुन् ।

राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ सम्पन्न हुने कार्यक्रमबाट भएको आम्दानीबाट आविष्कार केन्द्रलाई सहयोग गरिने कार्यक्रम संयोजक बुद्ध पाण्डेले मध्यान्ह दैनिकलाई जानकारी दिए । आगामी शुक्रबार फूलबारी रेस्टुरेन्ट सनैयामा मध्याह्न १२ बजेबाट शुरु हुने कार्यक्रममा कतारमा रहेका दर्जनौं कलाकारहरूले सांगीतिक प्रस्तुति दिने गरी कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुराइएको समाजका अध्यक्ष श्याम डाँगीले बताए ।

सम्बन्धित खबर