२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

सिमकाेट विमानस्थलस्थित सम्पूर्ण एयरलाइन्स कार्यालयमा तालाबन्दी

ADV
ओबराज शाही
२०८१ असोज १७ गते ०८:३२
सिमकाेट विमानस्थलस्थित सम्पूर्ण एयरलाइन्स कार्यालयमा तालाबन्दी

हुम्ला : दशैंकाे बेला आफू खुसी हवाई टिकट वितरण गरेकाे भन्दै जिल्ला बाहिर जाने यात्रुहरुले सिमकाेट विमानस्थलस्थित सम्पूर्ण एयरलाइन्स कार्यालयमा ताला लगाएका छन् ।

माैसम सफा भएपनि हवाई टिकट सेड्युल तथा नाम तालिकाअनुसार नदिएकाे र आफ्नाे मान्छेलाई मात्र दिएकाे भन्दै स्थानीय ज्ञान सिंह सुनारकाे नेतृत्वमा सिमकाेट विमानस्थलस्थित सबै एयरलाइन्सको कार्यालयमा ताला लगाइएको हो ।

एयरलाइन्स कम्पनीमा काम गर्ने कर्मचारीले भित्रभित्रै सेटिङ गरेका कारण ताला लगाइएकाे स्थानीय धनलाल शाहीले बताए । सदरमुकाम सिमकाेटमा सीता, समिट, तारा र नेपाल एयरलाइन्सकाे कार्यालयमा ताला लगइएकाे हाे ।

 सबैले सम्मान तरिकाले जिल्ला बाहिर जाने हवाई टिकट पाउनुपर्ने स्थानीयको माग छ ।

ADVADV

सम्बन्धित खबर

Advertise