२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

मेक्सिको र ग्वाटेमालाको सिमानामा नेपालीसहित ६ आप्रवासी मारिए

ADV
मध्यान्ह
२०८१ असोज १७ गते १५:२३
मेक्सिको र ग्वाटेमालाको सिमानामा नेपालीसहित ६ आप्रवासी मारिए

काठमाडौं : मेक्सिको र ग्वाटेमालाको सिमानामा नेपालीसहित ६ आप्रवासी मारिएका छन् । मृत्यु हुनेमा नेपाल, भारत र पाकिस्तानका ६ आप्रवासी रहेको बताइएको छ ।

बुधबार मेक्सिकोको चियपसस्थित हुक्स्लामा ३३ जना आप्रवासी बोकेको ट्रकमा मेक्सिकन सेनाले गोली चलाउँदा ६ जनाको मृत्यु भएको हो ।

ग्वाटेमाला सिमानामा मारिएका नेपालीलगायत भारतीय र पाकिस्तानी आप्रवासी कुन ठाउँका को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन । उनीहरू अमेरिका जानका लागि ट्रकमा चढेको हुन सक्ने जनाइएको छ ।

मेक्सिकन सैनिकले ती ट्रकमा गोली चलाउँदा चार जनाको तत्कालै मृत्यु भएको थियो भने दुई जनाको पछि मृत्यु भएको हो ।

आप्रवासीहरूले बन्दुकलगायत हतियार बोकेको आशंकामा सैनिकले गोली चलाए पनि गाडीभित्र कुनै हतियार नभेटिएको रिपोर्टमा जनाइएको छ । गाडीभित्र रहेका अरु १७ आप्रवासी भने सुरक्षित छन् भने १२ जना घाइते भएका छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise