२०८१ असोज १७ गते बिहिवार / Oct 03 , 2024 , Thursday
२०८१ असोज १७ गते बिहिवार

स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न

ADV
मध्यान्ह
२०८१ असोज १७ गते १९:१४
स्पर्श म्युजिक भिडियो अवार्ड सम्पन्न

काठमाडौं : स्पर्श मीडिया एण्ड इन्टरटेन्मेन्ट, पेजेन्ट नेपाल इन्टरनेशनल तथा ब्राइट इभेन्ट म्यानेज्मेन्टले संयुक्तरुपमा आयोजना गरेको चौथो संस्करणको स्पर्श म्युजिक भिडियो अवार्ड–२०२४ समपन्न भएको छ ।

अवार्ड समारोहमा लोकप्रिय अभिनेता शिव श्रेष्ठलाई नेपालको पहिलो अन्तर्राष्ट्रिय स्टारको रुपमा सम्मानित गरिएको छ । अभिनेता श्रेष्ठले पाकिस्तानी फिल्ममा समेत अभिनय गरेर नेपाली कलालाई अन्तर्राष्ट्रियकरण गरेकोमा यो सम्मान अर्पण गरिएको आयोजक संस्थाको भनाइ छ ।

समारोहमा विभिन्न सर्जकहरुलाई बेष्ट अवार्ड प्रदान गरिएको थियो । पप आधुनिक विधातर्फ समीर राई ‘बेस्ट लिरिसिष्ट’, सुमन राई ‘बेस्ट सिंगर’, साक्षी लम्साल ‘बेस्ट मोडल’ तथा गोपाल ढकाल ‘बेस्ट म्युजिक भिडियो डाइरेक्टर’ उत्कृष्ट भए । सरिता भारतीले बेस्ट सिंगर, प्रशान्त मगरले बेस्ट कोरियोग्राफर, केशव कोइरालाले बेस्ट म्युजिक भिडियो डाइरेक्टरको अवार्ड जित्न सफल भए । 

तीन दशकदेखि निर्देशनको क्षेत्रमा सक्रिय व्यस्त भिडियो निर्देशक केशव कोइरालाले योगेश तामाङको स्वर, संगीत रहेको जुनको किरण बोलको गीतको भिडियोबाट बेस्ट म्युजिक भिडियो डाइरेक्टरको अवार्ड आफ्नो पक्षमा पार्न सफल भएका हुन् । 

प्रतियोगिताको निर्णायकहरुमा गीतकार दयाराम पाण्डे, सञ्चारकर्मी राजेन्द्र बानिया, निर्देशक देवेन्द्र पाण्डे, छायांकार रविन्द्र बराल तथा अभिनेता दिनेश केसी रहेका थिए ।

समारोहमा कोरियोग्राफर विवेक श्रेष्ठ, समाजसेवी सबित श्रेष्ठ, मोडल अनुपम श्रेष्ठ, हेयर स्टाइलिष्ट सोन के. शर्मा, मेकअप आर्टिष्ट सोनाली शिल्पकार, ब्यूटिसियन करुणा पुरी, व्यवसायी सम्झना श्रेष्ठ, अभिनेता तथा कोरियोग्राफी कृष्ण रसाल लगायतलाई सम्मान गरिएको थियो । विभिन्न विधाका कलाकर्मी, श्रष्टाहरुलाई चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला सहितको व्यक्तित्वहरुले संयुक्त रुपमा सम्मान प्रदान गरेका थिए ।

ADVADV

ताजा खबर

सम्बन्धित खबर

Advertise