२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

कविता : रोक आफ्नो रुद्र रूपलाई

shivam cement
२०८१ असोज १९ गते ०६:१५
Shares
कविता : रोक आफ्नो रुद्र रूपलाई

–अच्युतमान सिंह प्रधान ‘उत्सुक’

निरन्तर वर्षाले लियो भयानक रूप 
निम्तायो यसले प्राकृतिक प्रकोप
आयो बाढी पहिरो विनाशकारी बनेर
अनि देखायो ताण्डव नाच यसले
भयो नष्ट एक क्षणमै वर्षौँदेखिको लगानी
बगाई लग्यो यसले बस्तीका बस्ती 
भत्कायो अनि बगायो कति भौतिक संरचनाहरु
हिजोसम्मका उर्वर भूमि बने बगर
हिजोसम्म चहलपहल हुने बस्ती आज छायो सन्नाटाले
जिन्दगीभर रगत पसिना बगाएर कमाएको श्रीसम्पत्ति
आफू र आफ्नो परिवारको गाँस काटेर जोडेको घरबारी
आज आफै सामु बाढी पहिरोमा बगेको हेर्नु प¥यो टुलुटुलु
भए कति घरबार विहीन, कति बने परिवार विहीन  
कति बने नाबालक मै टुहुरा
कति आमाको त कोख रित्तियो
कतिको सिन्दूर र टिका पुछियो, अनि चुरा फुटाइयो
अब त अति भो,  
दया गर, माया गर
रोक आफ्नो रुद्र रूपलाई 
अनि बचाउ आफ्नो सुन्दर सृष्टिलाई ।।

सम्बन्धित खबर