सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको भोटसिपाबाट काठमाडौँ आउँदै गरेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । हेलम्बु यातायातको बा २ ख १७२५ नम्बरको बस इन्द्रावती गाउँपालिकाको भोटसिपास्थित तिखु मोडवाट करिव दुई सय मिटर तल खसेर दुर्घटना भएको हो ।
मृत्यु हुनेहरुको पहिचान खुलेको छैन । बसमा रहेका तीसभन्दा बढी यात्रु घाइते भएका छन् । घाइतेलाई उद्धार गरेर धुलिखेल अस्पताल ल्याइँदैछ ।
क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटना भएको बसमा सत्तरी जना यात्रुहरु रहेको बताइएको छ । बसमा दशैं मनाएर काठमाडौं फर्कदै गरेका यात्रुहरु रहेको बताइएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies