२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण

shivam cement
२०८१ असोज १९ गते ०७:४६
Shares
साहित्यकार ढकालको ‘गोरखाली गुराँस’ लोकार्पण

काठमाडौं : साहित्यकार, सञ्चारकर्मी, अध्यापक तथा समाजसेवी सुशीला ढकाल अधिकारीको कविता संग्रह गोरखाली गुराँस उनको जन्मदिनकै अवसर पारी लोर्कापण गरिएको छ । 

शुक्रबार नोबेल साकोस साहित्य संस्थाको आयोजनामा भएको एक कार्यक्रमबीच ढकालको कविता कृति लोकापर्ण गरिएको हो । 

कार्यक्रममा वरिष्ठ कवि तुलसी दिवश, साहित्यकारहरु प्रा.डा. रामप्रसाद ज्ञवाली, डा. शैलेन्द’प्रकाश नेपाल, उपप्राध्यापक डा. ज्ञाननिष्ठ ज्ञवाली, डा.छायादत्त नौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शन्तराम बिडारी, गायक शिशिर योगी लगायत विशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो । 

भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको उक्त कृति लोकापर्ण समारोहको सभापतित्व उक्त प्रकाशनका प्रवन्ध निर्देशक केशव पराजुलीले गरेका थिए । कार्यक्रमलाई सम्वोधन गर्दै वरिष्ठ कवि तथा कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवशले कविता कृतिमा कविको अपनत्व हुनुपर्नेमा पछिल्ला दिनमा त्यस्तो नपाइने गरेको बताउँदै ढकालको कृति भने आफूले अपनत्व महसुस गरेको बताए । 

त्यस्तै कवि ढकाललाई निरन्तर लेख्न प्रोत्साहन दिँदै उनले कविताले समाजको यथार्थता र भोगइहरुलाई चित्रण गरेकोमा प्रशंसा गरे । साहित्यकारहरु डा. रामप्रसाद ज्ञवाली, ज्ञाननिष्ठ ज्ञवाली र छायादत्त न्यौपानेले कविले सिर्जनात्मक प्रस्तुतिमार्फत समाजका सबै पक्षबारे कवितामा यथार्थता खोलेको बताउँदै आगामी दिनमा काव्यिक सफलताको कामना गरे । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य तथा पत्रकारिता विषयका शिक्षक शन्तराम बिडारीले कवि एक सक्रिय सञ्चारकर्मी समेत भएको भन्दै उनको प्रयासको सराहना गरे ।

सुसेली फाउन्डेशन नेपालका अध्यक्ष दुर्गा अधिकारी भमरकोटे, साहित्यकार तथा समाजसेवी चन्द्र नयौपाने, गायक शिशिर योगी लगायतले जन्मदिनको शुभकामना दिँदै सुशीला ढकाल एक सक्रीय र मेहनती सर्जक भएको चर्चा गरे । 

कार्यक्रममा कवि ढकालले आफ्नो पहिलो कविता कृति जन्मदिनमै पस्कन पाएकोमा खुसी व्यक्त गर्दै लेखन यात्राका लागि घर परिवारबाट सहयोग भएको बताउँदै यसको श्रेय परिवारलाई दिन चाहेको बताइन् । 

नोबेल साकोसका संस्थापक राजन न्यौपानेले सञ्चालन गरेको कार्यक्रममा कवि सुशीला ढकाललाई सम्मान समेत गरिएको थियो ।

सम्बन्धित खबर